CG Electronics
IME Life
NIMB

एनसेलको पहलमा पाठेघरको मुखको क्यान्सरको परीक्षण सचेतना अभियान सुरु

NIMB
Himalayan Bank

एनसेल, मेरी स्टोप्स इन्टरनेसनल नेपाल र अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको संयुक्त सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु गरेको छ।

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागको सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले बिहीबार (मार्च ७, २०२४) संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ।

यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरुमा पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्याउने रहेको छ।

 

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरु मध्ये पहिलो स्थानमा पर्दछ, जसको कारण महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको तथ्याङ्कले देखाउँछ। सन् २०२२ मा मात्रै २,१६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाईयो भने यस रोगको कारण १,३१३ जनाले आफ्नो ज्यान गुमाए।

यो अभियान सञ्चालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक संजाल र मेरी स्टोप्स इन्टरनेसनल नेपालको समुदाय स्तरमा रहेको उपस्थितिको उपयोग गरिनेछ। यस बाहेक यस अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गर्नेछ।

यही महिना अर्थात मार्च २०२४ देखि सञ्चालन हुने यस सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरु संचालन गरिनेछन्। एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गरिनेछन्। त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नता लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिनेछन्।

यस सचेतना अभियान अन्तर्गत संचालन गरिने मुख्य–मुख्य क्रियाकलापहरूमा आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान संचालन गर्ने; पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचारसम्बन्धी जानकारीलाई लक्षित समूहसम्म प्रभावकारी ढंगले पुर्याउन विभिन्न सरकारी निकायहरु तथा संघसंस्थाहरूसँग सहकार्य तथा साझेदारी गर्ने; टेलिभिजन र रेडियोमा विशेष कार्यक्रम तथा विशेष कुराकानीमा आधारित कार्यक्रम (टक शो) हरू संचालन गर्नुका साथै रेडियो स्टेशनहरूमा जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्ने; अभियानलाई प्रवर्द्धन गर्न र अभियानसम्बन्धी सचेतनामूलक संदेशहरू प्रवाह गर्न सोशल मिडिया इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्ने; पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतनामुलक दृश्य श्रव्य सामग्रीहरु तयार पारी प्रसारण गर्ने; एनसेलसँग सहकार्यमा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वाकाथन’ को आयोजना गर्ने, अभियानका संदेशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षितवर्गसम्म पुर्याउने आदि जस्ता कार्यक्रमहरु रहेका छन्।

यसबाहेक यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेशनल नेपालले ५० जना सेवाग्राहीहरूलाई निःशुल्क स्क्रिनिङ सेवा प्रदान गर्ने।

अन्त्यमा, हाम्रा यी संयुक्त प्रयासहरू मार्फत सञ्चालन हुने यस सचेतना अभियानले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा खोपको महत्वको बारेमा जानकारीमा पहुँच बढाउनेछ, जसले गर्दा महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा सही ढंगले निर्णय लिन सक्षम बनाउनेछ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...