CG Electronics
IME Life
NIMB

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित

NIMB
Himalayan Bank

 

लण्डन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा आयोजित एक समारोहबीच उनलाई बिहीबार लण्डनका मेयर सादिक खानले अवार्ड प्रदान गरेका छन् । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो ।

मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागीे विशेष समारोहबीच अवार्ड वितरण गरिएको महानगरले जनाएको छ । मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो ।

पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो । बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गरले पनि अवार्ड पाएको प्रमुख दाहालले जानकारी दिइन् ।


अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन् ।प्रमुख दाहालले बेलायतका उच्च अधिकारीहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छन् । विकास निर्माणमा भरतपुरले प्राप्त गरेको छलागंकै कारण उनी यो स्थानसम्म पुगेकी हुन् । कार्यक्षेत्रमा देखिएको सफलताले नै दाहालले विश्वचर्चित अर्वाड पाएकी हुन् ।

विश्वभरका नगर प्रमुखमध्ये रेनु दाहालले अन्तर्राष्ट्रिय मेयर पुरस्कार प्राप्त गरेकी हुन् । यसअघि बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन, लन्डनका मेयर सादिक खान, थेरसा मे जस्ता विश्व चर्चित नेताहरुले सो अवार्ड पाएका थिए । यस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने दाहाल पहिलो नेपाली बनेकी छन् । १६ वर्षदेखि यो अवार्ड वितरण थालिएको थियो ।

विकास निर्माणमा आमुल परिर्वतन गरी दाहालले जनसेवामा सार्वजनिक जीवन नै समर्पण गरेकी छिन् । भरतपुरमा दाहालका महत्वकांक्षी योजनाले सफलता प्राप्त गरिरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पुलचोक गोन्द्राङ ६ लेन सडक, रफ्तारमा भित्री सडक कालोपत्रे, नारायणी तटबन्ध, सिटीहल निर्माण, खानेपानीका ठुला योजना तथा सिँचाईका कार्यक्रम अगाडि बढिरहेका छन् ।

देवघाटमा शवदाह गृह बन्दै छ । स्मार्ट लाईटका कारण भरतपुरका सडक रातको समयमा पनि झलमल्ल देखिन्छन् । नदी किनारमा बाढीको प्रकोप संरक्षण गर्दै फुट्पाथसहितको समुन्द्र किनारको झझल्को दिने सि–बिच मोडेल निर्माण गरिएको छ ।

सदियौंदेखि नारायणी नदीले कटान गरेको हजारौं बिघा जमिन संरक्षण गर्ने, यसको कारण हुने गरेको थुप्रै जनधनको संरक्षण र सौन्दर्यकरण थालिएको छ । नेपालकै मध्य स्थानमा रहेको यो महानगरलाई राज्य प्रणालीले पनि विकास, पुर्वाधार, सुशासन, आर्थिक पारदर्शिता, कम बेरुजुलगायतका बिषयलाई हेरेर नेपालकै उत्कृष्ट महानगर घोषणा भइसकेको छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...