CG Electronics
IME Life
NIMB

अमेरिकी राष्ट्रपतिले भने- ‘विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ’

NIMB
Himalayan Bank

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले विश्वभर नै स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा रहेको बताएका छन् । राष्ट्रपतिको चुनावअघि ‘स्टेट अफ द युनियन’लाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भनेका छन्, ‘यतिबेला विश्वभर स्वतन्त्रता र लोकतन्त्र ठूलो खतरामा छ । यदि कसैले रुसी राष्ट्रपति पुटिन युक्रेनबाट पछि हट्नेछन् भन्ने सोच्छन् भने उनीहरु गलत छन् । म पुटिनलाई भन्न चाहन्छु ‘हामी युक्रेनलाई कहिल्यै त्याग्ने छैनौं र हामी रूससँग कहिल्यै झुक्ने छैनौं ।’

बाइडेनले युक्रेनका लागि सहयोग जारी राख्न संसदलाई अपील पनि गरे । आप्रवासीको बारेमा कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भने- ‘म आप्रवासीहरूलाई ट्रम्पजस्तो राक्षस ठान्दिनँ । उहाँजस्तै, म आप्रवासीहरूले अमेरिकाको रगतमा विष हाल्दैछन् पनि भनीहाल्दिन ।’
उनले मानिसहरूलाई उनीहरूको धर्मको आधारमा प्रतिबन्ध नलगाउने भन्दै संसारको हरेक कुनाका मानिसहरूका लागि अमेरिका सुरक्षित ठाउँ भन्ने विश्वास जगाउनुपर्ने बताए ।

यसैगरी, युक्रेन युद्धमा अमेरिकी सेना नजाने पनि प्रष्ट पारेका छन् । युक्रेनले रुससँग प्रतिस्पर्धा गर्नका लागि हामीसँग हतियारको मामिलामा सैन्य सहयोग मागेको छ । ट्रम्पको नाम नलिई बाइडेनले भने- ‘पूर्व राष्ट्रपतिले रुसलाई नेटो देशहरू विरुद्ध मनोमानी कारबाही गर्न उक्साएका थिए । उनी पुटिनको अगाडि झुके । यस प्रकारको कथन अत्यन्त खतरनाक छ र स्वीकार गरिने छैन ।’

आफू कोरोनाबाट सत्तामा आएको स्मरण गर्दै त्यतिबेला देशको आर्थिक अवस्था नाजुक रहेको र अहिले सरकारले यसलाई फेरि माथि उठाएको दाबी गरे । उनले मानिसहरू अमेरिकाको अर्थतन्त्रप्रति इष्र्या गर्ने अवस्थामा पुगेको बताउँदै तीन वर्षमा १.५ करोड नयाँ रोजगारीका अवसरहरू सिर्जना गरेको सुनाए ।

इजरायल-हमास युद्धबारे बाइडेनले इजरायलको आफ्नै सुरक्षाको अधिकार रहेको बताउँदै हमास युद्ध अन्त्य गर्न चाहन्छ भने उसले आफ्ना हतियार त्याग्न र कैदीहरूलाई रिहा गर्नुपर्ने कुरामा जोड दिए ।

युद्धमा ३० हजार प्यालेस्टाइनी मारिएका छन् । यीमध्ये अधिकांश हमासका लडाकु होइनन् । यसैगरी इजरायलले मानवीय सहायतालाई गाजा पुग्न अनुमति दिनुपर्ने कुरामा पनि राष्ट्रपति बाइडेनले जोड दिए ।

चुनावी वर्ष भएकाले बाइडेनले आगामी वर्षका लागि सरकारको एजेण्डालाई पनि सार्वजनिक गरेका छन् । अमेरिकी पत्रिका ‘द हिल’का अनुसार आम जनताका लागि नयाँ योजना र विदेश नीतिका विषयमा बढी ध्यान केन्द्रित गरिएको छ । यसका साथै राष्ट्रपतिले भविष्यका चुनौतिहरुको पनि वणर्न गरेका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...