CG Electronics
IME Life
NIMB

इलामको माइ नगरपालिकाले ४० करोड लागतको आत्मानन्द सडक निर्माण अन्तिम चरणमा

NIMB
Himalayan Bank

इलाम । इलामको माइ नगरपालिका वडा नम्बर ७ मा ४० करोड लागतको फाल्गुनन्द सडक जोडने आत्मानन्द मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष बुद्धीप्रसाद खनालका अनुसार वडा नम्बर ७ भित्र बैशाख अगाडि सडक पक्की भइसक्नेछ ।

वडाध्यक्ष खनालकै पहलमा संघीय निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत बजेट विनियोजन भइ निर्माण भइरहेको सडक उक्त क्षेत्रको महत्वकांक्षी योजना हो । माई नगरपालिक–७ लक्ष्मी बाँधदेखि किरात धर्मगुरु आश्रम रहेको लारुम्बाबाट दायाँ हुँदै फाल्गुनन्द सडक जोड्ने उक्त कालोपत्रे सडक १८ किलोमिटर छ । हाल नौं किलोमिटर सडक पक्की गर्ने काम अन्तिम चरणमा रहेको अध्यक्ष खनालले जानकारी दिए ।

गतबर्ष जेठमा महमाईकी जेष्ठ स्वास्थ्यसेविका चन्द्रकला दहाल र वडाध्यक्ष खनालले सडकको शिलन्यास गर्दै निर्माणको औपचारिक शुरुवात गरेका थिए । दुई बर्षभित्र सम्पन्न गर्नेगरी हिम्दुङ एण्ड थोकर कम्पनी र भट्टराई जेबिले सडक निर्माणको ठेक्का पारेको थियो ।

कालोपत्रे सडक निर्माणपछि महमाई, लारुम्वा, चिसोपानी, ईभाङ, रवि, जितपुर, सिद्धिथुम्कालगायत पश्चिमी इलामका हजारौ नागरिकलाई झापा बिर्तामोड सम्मको ब्यापार, स्वास्थ्य उपचार, यात्रालगायत सहजता हुने वडाध्यक्ष खनालले जानकारी दिए ।

संघीय निर्वाचन क्षेत्र अन्तर्गत एक निर्वाचन क्षेत्र भएको जिल्लामा ६० करोड, दुई निर्वाचन क्षेत्र भएको जिल्लामा ४० करोड, दुई भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला मा २५ करोड विनियोजन गर्ने सरकारी निर्णय अनुसार ठूलो पहलमा उक्त बजेट आफ्नो क्षेत्रमा सफल भएको पनि वडाध्यक्ष खनालले जानकारी दिए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...