CG Electronics
IME Life
NIMB

जैविक विषादीको व्यवस्थापन र प्रयोग फाइदाजनक छ : मन्त्री शाह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्ने बताएकी छिन् ।

सोमबार जैविक विषादीको व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यशालाको उद्घाटन समारोहमा उनले जैविक विषादीहरुले परम्परागत रसायनको दिगो विकल्प प्रदान गर्ने भन्दै यस्तो कार्यले दिगो कृषि विकासलाई बढाउने र वातावरणको संरक्षण गर्ने बताइन् ।

उनले भनिन्, ‘कार्यशालाको मुख्य उद्देश्य जैविक विषादीहरुको प्रभावकारी व्यवस्थापन र प्रयोगमा सहभागीहरुको ज्ञान र सिप अभिवृद्धि गर्नु हो । जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको लागि दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्दछ । दिगो कृषिलाई बढाउन र वातावरणको संरक्षण गर्ने हाम्रो प्रतिबद्धतासँग पनि यो मेल खान्छ ।’

यस्तो प्रयासले कृषिमा दिगो विकासको दिशामा महत्वपूर्ण कदम भएको भन्दै यसमा सहभागी सबैलाई धन्यवाद पनि प्रदान गरेकी छिन् ।

उनले भनिन्, ‘यस्तो प्रयासले कृषिमा दिगो विकास र बाली संरक्षणको दिशामा महत्वपूर्ण कदम हो । यस महत्वपूर्ण कार्यशालाको लागि अनुसन्धानकर्ता र अभ्यासकर्ताहरुलाई एकै ठाउँमा भेला गर्ने सहयोगीहरुहरु धन्यवाद व्यक्त गर्न चहान्छु । चीन सरकारलाई सहयोगको लागि पनि धन्यवाद दिन चहान्छु ।’

जैविक विषादीहरुको प्रयोगलाई बढावा दिनु र किसानलाई तालिम दिनु जिम्मेवारी भएको भन्दै यसबाट कृषिलाई लचिलो बनाई वातावरण पनि रक्षा गर्न सक्ने उनको भनाई छ ।

यसमा सहभागी देशहरुबिच ज्ञान र अनुभवहरु आदानप्रदान गरेर जैविक विषादी व्यवस्थापनमा क्षमतालाई बलियो बनाउन उनको भनाइ छ ।

विश्व व्यापार संगठन, अन्तराष्ट्रिय विरुवा संरक्षण महासन्धि र एसिया प्यासेफिक प्लान प्रोटेक्सन कमिशनको सदस्य राष्ट्रको हैसियतले नेपाल आक्रमणकारी सत्रुसँग जुध्न विश्वव्यापी सहयोगको महत्वलाई आफूहरुले बुझेको उनको भनाई थियो ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...