CG Electronics
IME Life
NIMB

बिर्ता समस्या समाधान गर्न स्थानीय सरकार समक्ष मागपत्र पेस

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

रसुवा। २०१६ सालमै कानूनी रुपमा उन्मुलन गरेको बिर्ता जग्गाको समस्या समाधान नभएकोले सो को समाधान गर्न कालिका गाउँपालकामा मागपत्र पेस गरेर अनुरोध गरे ।

 

कालिका गाउँपालिका पूर्व उपाध्यक्ष तथा जिल्ला भूमिअधिकार मञ्चका अध्यक्ष भवानी न्यौपानेले तत्कालिन राजाको हुकुमी शासनमा आसेपासेलाई वितरण गपिरएको र जोतभोगको आधारमा विर्ता समस्या समाधानको सहजीकरणका लागि कालिका गाउँपालिका अध्यक्ष हरीकृष्ण देबकोटालाई गाउँपालिकालाई लिखित ६ बुँदे मागपत्र पेश गरे ।

 

न्यौपानेले कानुनले समेत उन्मुलन गरेको प्रथालाई जालझेलको आधारमा जिवित राख्न मिल्छ भनेर प्रश्न गरेका थिए ।
पुस्तौदेखिको बिर्ता समस्या गणतन्त्रमा उपहास भएकोले स्थानीय सरकारले नीतिगत रुपमा पहल लिएर समाधान गर्नुपर्ने बताए । कालिका गाउँपालिकाले आफ्ना नागरिकको समस्या संघ र प्रदेश सरकारसँग समन्वय गरेर हल गर्नुपर्ने कालिका गाउँपालिका–२ की चित्रकुमारी न्यौपानेले बताइन् ।

 

भूमि आयोग सदस्य भुवन मगरले आयोगको कार्यादेशभित्र बिर्ता समस्या समाधान गर्नसक्ने अधिकार नभएको तर आयोगको जिम्मेवारी क्षेत्रभित्र पार्नको लागि आफुहरुले प्रयास गरिरहेको बताउदै किसानको समस्या समाधानमा सहयोग र एक्यबद्धता जनाएका छन् ।

 

कालिका गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष पुष्पराज न्यौपानेले काठमाण्डौका दरबार र महलमा बसेर, शक्तिको आडमा किसानलाई ठगेर बनाईएका कागजका खोस्टासरहको लालपुर्जाको कुनै अर्थ नभएको र किसानको जग्गामा किसान बाहेक अरु कसैको हक नभएको भन्दै, कथित विर्तावालको दलाल बनेर, शामन्ती प्रथा र कानुनका धारा, उपधाराको बखान गरेर किसानको घाटी अठ्याउनेहरुलाई सचेत रहन चेतावनी दिएका छन् । राज्यले तुरुन्तै जोतभोगको आधारमा वास्तविक किसानलाई जमिनको एकल स्वामित्व दिनुपर्ने बताए ।

 

कालिका गाउँपालिका–३ का वडा अध्यक्ष फणिन्द्र न्यौपानेले आफुलाई विर्ताको ईतिहास र किसानको मर्काबारे जानकारी भएको र आफु जेल जान तयार रहने तर किसानलाई रुवाएर, कथित विर्तावालको तिरो लिने वा उनीहरुलाई सहयोग पुग्ने कार्य नगर्ने बताएका छन् ।

 

कालिका गाउँपालिका २ का वडा अध्यक्ष उमेश न्यौपानेले वर्षैदेखि विर्र्ता समस्या रहेकोले किसानहरु समस्यामा परेको हुदा किसानलाई न्यायोचित हुनेगरी समाधानको प्रयास गरिरहेको र समस्या बाकी राख्न नहुने र टुंग्याउनुपर्ने बताएका छन् ।

 

कालिका गाउँपालिका अध्यक्ष हरीकृष्ण देवकोटाले आफुने निर्वाचित भएदेखि नै विर्ता, भूमिहीन, सुकुम्वासीको समस्या समाधानको प्रयास गर्ने बताएको र प्रयासरत रहेको बताएका छन । गाउँपालिकाले १ महिना भित्र गाउँपालिकाभित्रको विर्ता जग्गा जोतभोग गर्ने किसानको तथ्यांक संकलन गर्ने, बिर्ता समस्या समाधानको लागि आवस्यक कार्यहरुमा पहल लिने र संघिय तथा प्रदेश सरकारसंग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

देबकोटाले जमिनको समस्या झनझन जटिल बन्दै गएकोले समाधानमा ढिलाई गर्न नहुने बताउदै कि संघीय सरकारले आवस्यक परेमा नयाँ कानुन बनाएर भएपनि समाधान गर्नुपर्ने कि स्थानीय सरकारलाई जिम्मेवारी दिएमा १ महिनाभित्र समाधान गर्नसक्ने बताए ।

 

अध्यक्ष देबकोटाले किसानको रगतपसिनाले भिजेको र प्राकृतिक रुपमै किसानको भएको जग्गा पैसा तिरेर किन्न नसक्ने र नपर्ने, समाधानको लागि गाउँपालिका लाग्ने बताएका छन् ।

 

मागपत्र पेस पछि नेपाली कांगे्रस पाटी प्रतिनिधी ज्ञानु तामाङ, नेकपा एमाले प्रतिनिधी विष्णु देवकोटा, टिका देबकोटा, एकिकृत नेकपा माआवादी प्रतिनिधि, पुष्पराज न्यौपानेले किसानको माग जायज भएको र किसानहरूले जोतभोग गरिरहेको जग्गा बिनाशर्त किसानलाई दिनुपर्र्ने भन्दै जायज माग सम्बोधनको लागि सधैं आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

 

पुस्तौदेखिको समस्याको रुपमा रहेको बिर्ता सवालमा धेरै आन्दोलन तथा छलफल भएकोले अब कालिका गाउँपालिकाले जोतभोगको आधारमा जग्गाको स्वामित्व दिनुपर्ने कृष्णबहादुर मोक्तानले बताए ।

 

आफ्ना पुर्खाले जोत्दै आएको जमिन मोहिलाइ थाहै नदिइकन मालपोत कार्यालयको मिलेमतोमा पास भएकोले जोतभोगको आधारमा पुर्जा दिनुपर्ने स्थानीय टंकलबहादुर नगरकोटीले बताए । उनले जोतभोग गर्दै आएको रोपनी जग्गा २०७० सालमा अर्कोलाइ बेचबिखन भएको उनले बताए ।

उनले भने ‘म बसिरहेको घरपनि त्यहाँ छ तर उपभोग गर्न आउन सकेका छैनन् मैले जोत्दै आएको जग्गा र बसिरहेको घर कसरी बिक्री भो सरासर बदनियतपुर्ण छ, बदर हुनुपर्छ ।’

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...