CG Electronics
IME Life
NIMB

आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेज बीच रेमिट स्विचको डिजिटाइजेशन सम्झौतामा हस्ताक्षर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ  । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ुएपी आई म्यानेजमेन्ट सिस्टम(एपीआईएमएसु उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।
समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने छ । आईएमई लिमिटेड मार्फत प्रदान गरिने एपिआइको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने छ ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपिआइ स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो । यस मार्फत एपिआइ इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन प्रक्रियामा अगाडी बढ्न सक्ने छन् ।

 

रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आईएमई परम्परागत रेमिटेन्स सेवालाई अझै सहज तथा परिष्कृत गर्दै लैजान नयाँ – नयाँ प्रविधि लाई पछ्यादै आफूलाई फिनटेक क्षेत्रमा पनि अब्बल साबित गरेको छ ।

 

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० खिलेन्द्र पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने विश्वास लिएको बताउनु भएको छ ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

 

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...