Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाल लाइफद्वारा जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स(NLIC)ले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न उक्त विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गद नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको कुरा बताए ।

यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरुलाई अन्तरास्ट्रिय स्तरमा भईरहेका विकाशक्रम तथा असल अभ्यासहरुसँग चिरपरिचित हुन सहज हुने बताए । यस प्रकारको आयोजनले knowledge sharing हुनेमा विस्वस्त रहेको कुरा प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।

कार्यक्रमका प्रमुख अथिति तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले यस विशेष आयोजनका निम्ति यस कम्पनीलाई धन्यवाद ज्ञापन गरे । उनले अहिले बदलिदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको कुरा बताए।

संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरु जारी गर्दै आएको समयमा संसारमा भईरहेको अभ्यासको जानकारी सोहि क्षेत्रमा प्रत्क्षय रूपमा काम गरि रहनुभएका फिलिप ज्याक्शनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको बताए। बीमा बजारको विकाशका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे।

 

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बीमा क्षेत्रका अवसर,समस्या र चुनौतीका बारेमा बृहत प्रस्तुतिकरण दिएका थिए ।

साथै नेपाली जीवन बीमा कम्पनीहरुलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरेका थिए । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पारेका थिए ।

यसैगरी ज्याक्शनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरु प्रकट गरे र उनले अरु मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा प्रकाश पार्दै नेपालमा सहज तरिकाले यसलाई कार्यान्वयन गर्न के कस्तो रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा पनि आफ्नो सारगर्भित सल्लाहहरु दिए ।

यसका साथसाथै उनले अहिलेको नीति नियममा रहेका केही कमी कमजोरीहरुलाई औंल्लाउँदै यसलाई अन्तर्राष्ट्रिय अभ्यासहरूसँग दाजेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि सल्लाह सुझावका रुपमा उक्त कार्यक्रममा प्रस्तुत गरेका थिए । सो कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूद्वारा तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूबाट आएका जिज्ञासाहरूको जवाफ फिलिप ज्याक्शनले दिएका थिए ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने कुरा बताए।

 

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यको आह्वान

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:३३

  ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा...

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२२

  काठमाडौँ। सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन...

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२०

  काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित...

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा दिगो प्रतिबद्धता बलियो बनाउदै

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:१८

  काठमाडौं ।  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:५६

  काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं...