CG Electronics
IME Life
NIMB

नेपाल लाइफद्वारा जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स(NLIC)ले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न उक्त विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गद नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको कुरा बताए ।

यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरुलाई अन्तरास्ट्रिय स्तरमा भईरहेका विकाशक्रम तथा असल अभ्यासहरुसँग चिरपरिचित हुन सहज हुने बताए । यस प्रकारको आयोजनले knowledge sharing हुनेमा विस्वस्त रहेको कुरा प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए।

कार्यक्रमका प्रमुख अथिति तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले यस विशेष आयोजनका निम्ति यस कम्पनीलाई धन्यवाद ज्ञापन गरे । उनले अहिले बदलिदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको कुरा बताए।

संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरु जारी गर्दै आएको समयमा संसारमा भईरहेको अभ्यासको जानकारी सोहि क्षेत्रमा प्रत्क्षय रूपमा काम गरि रहनुभएका फिलिप ज्याक्शनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको बताए। बीमा बजारको विकाशका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे।

 

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बीमा क्षेत्रका अवसर,समस्या र चुनौतीका बारेमा बृहत प्रस्तुतिकरण दिएका थिए ।

साथै नेपाली जीवन बीमा कम्पनीहरुलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरेका थिए । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पारेका थिए ।

यसैगरी ज्याक्शनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरु प्रकट गरे र उनले अरु मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा प्रकाश पार्दै नेपालमा सहज तरिकाले यसलाई कार्यान्वयन गर्न के कस्तो रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा पनि आफ्नो सारगर्भित सल्लाहहरु दिए ।

यसका साथसाथै उनले अहिलेको नीति नियममा रहेका केही कमी कमजोरीहरुलाई औंल्लाउँदै यसलाई अन्तर्राष्ट्रिय अभ्यासहरूसँग दाजेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि सल्लाह सुझावका रुपमा उक्त कार्यक्रममा प्रस्तुत गरेका थिए । सो कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूद्वारा तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूबाट आएका जिज्ञासाहरूको जवाफ फिलिप ज्याक्शनले दिएका थिए ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने कुरा बताए।

 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...