NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सामान्य अभ्यास र आपतकालीन चिकित्सा अन्तर्राष्ट्रिय सम्मेलन २०२४ आजबाट ललितपुरमा शुरु भएको छ ।

सम्मेलनको उद्घाटन गरेका उप–प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सकको संख्या बढाएर व्यवस्थित सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताए ।

शुक्रबार ललितपुरमा आयोजित सम्मेलनमा स्वास्थ्य मन्त्री यादवले कोरोना महामारी तथा प्राकृतिक विपत्तिको समयमा नेपालमा सबैभन्दा धेरै आपतकालिन चिकित्सा सेवाको उपयोग भएको स्मरण गर्दै त्यसको महत्वलाई भूल्न नसकिने बताए । कोभिडको समयमा जनरल स्वास्थ्य चिकित्सकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको र त्यसलाई भुल्न नसकिने यादवको भनाई छ ।

यादवले सम्मेलनको सफलताको लागि शूभकामना दिँदै सामान्य अभ्यास र आपतकालीन चिकित्सा सम्बन्धी सम्मेलनले निकालेको निष्कर्षलाई स्वास्थ्य मन्त्रालयले महत्वको साथ लिने बताए ।

मन्त्री यादवले भने, ‘हामीले सामान्य अभ्यास कर्ताकहरुको संख्या बढाएर सेवा प्रवाहलाई अझ व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता हो । यो कुरालाई स्वास्थ्य मन्त्रालयले बुझेको छ । तपाईंहरुले सम्मेलनबाट जुन निष्कर्ष,सुझावहरु दिनुहुने छ त्यो मन्त्रालय र तपाईंहरुका लागि महत्वपूर्ण हुने छ ।’

यादवले सम्मेलनको ‘सामान्य अभ्यास र आपतकालीन औषधिको समन्वयनः राम्रो भविष्यको लागि स्वास्थ्य सेवाहरु परिवर्तन’ भन्ने नारा यर्थाथमा परिणत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा मनोनित डा.चोपलाल भुसालले आपतकालीन चिकित्सा सेवा प्रवाहसँगै विशेषज्ञ सेवा सबै जिल्ला अस्पतालहरुमा विस्तार र व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उनले भने, ‘ सबै जिल्ला अस्पतालहरुमा जसरी भएपनि एमजीडिपीलाई पोस्टिङ गर्नुपर्छ ।

 

सबै ठाउँमा विशेषज्ञ सर्जन, विशेषज्ञ गाइनोको डाक्टर पठाउन सम्भव नहोला तर, उनीहरुनै सर्जन,गाइनोक्लोजिस्ट,अर्थोपेडिसियन, फिजिसियन हुन् । उनीहरुसँगै सबै प्रकारको नलेज हुन्छ ।

त्यसैले रुलर एरियाको स्वास्थ्य सेवा सुविधाको ग्याप पूरा गर्ने हो भने जिल्ला अस्पतालका स्वास्थ्य सिस्टमलाई एमजीडिपीमा प्रमोट गरेर त्यहाँ पुर्याउनुपर्ने हुन्छ । यो वास्तविक तथ्य हो ।’

 

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...