CG Electronics
IME Life
NIMB

‘न्याय क्षेत्रमा महिलाहरुको समान नेतृत्वदायी भूमिका अपरिहार्य’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले,न्याय समानता र बिधिको शासन प्रत्याभूतिको लागि महिलाहरुको समान नेतृत्वदायी भूमिका अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै श्रेष्ठले, न्याय समानता र बिधीको शासन प्रत्याभूतिको लागि महिलाहरुको समान प्रतिनिधित्व र नेतृत्वदायी भूमिका अपरिहार्य भएपनि न्यायपालिकामा महिला न्यायाधिशको संख्या तुलनात्मक रुपमा कम रहेको बताए ।

उनले भने,‘खासगरी न्याय समानता र बिधीको शासन प्रत्याभूतिको लागि महिलाहरुको समान प्रतिनिधित्व र नेतृत्वदायी भूमिका अपरिहार्य हुने तर न्यायपालिकामा महिला न्यायाधिसको सङ्ख्या तुलनात्मक रुपमा कम तथा नेतृत्व तहमा समेत अत्यन्त न्यून रहेको छ ।’

उनले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने भन्दै आफूले न्यायालयको नेतृत्व सम्हालेदेखि नै सुधारका लागि काम सुरु गरी न्यायिक सुधारका कामलाई निरन्तरता दिएको बताए ।

त्यस्तै कार्यक्रममा कानुन न्याय तथा संघीय मामिला मन्त्री पदम गिरीले,महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित हुने बताए । विगतबाट नै महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू साँच्चै न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने ल्याकत राखेको उनको भनाइ छ ।

उनले भने, ‘न्याय सम्पादन सधैँ सही हुन्छ भन्ने पनि मलाई लाग्दैन । कहिले काहीँ त्यसमा कमीहरु आउन सक्छन् होला । किनभने कहिलेकाँही त्यसलाई सच्याइएको अभ्यासहरु पनि छन् ।

तुलनात्मक रुपले हेर्ने हो भने महिला श्रीमानहरुले, महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित र साँच्चै न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने त्यो ल्याकत राखेको विगतबाट हामी देख्न सक्छौँ त्यो गौरबको विषय हो ।’

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...