CG Electronics
IME Life
NIMB

वेलकम एड्भरटाईजिङ्ग को “ह्याप्पी होली”

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । यस बर्षको फागू पूर्णिमालाई भब्य रुपमा स्वागत गर्दै शुक्रबार, वेलकम एड्भरटाईजिङ्गले आफ्नै प्राङ्गणमा आपसि एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

होली नेपालमा रङहरूको पर्व हो “फागु पूर्णिमा” – पूर्णिमाको दिन धेरै हर्षोल्लासका साथ मनाइन्छ । यो समय वसन्तको प्रचुर मात्रामा रंगहरूको आनन्द लिने र जाडोलाई बिदाइ गर्ने समय हो । हिन्दूहरूका लागि नेपालमा सबै उमेर र पृष्ठभूमिका मानिसहरूले व्यापक रूपमा मनाइने चाडहरू मध्ये रंगहरूको पर्व होली, एक हो । काठमाडौं, पर्यटकीय राजधानी भएकोले यो पर्व ले विदेशीलाई पनि धेरै आकर्षित गर्छ । परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा होली पर्व मनाइन्छ ।

हालको समाज, परम्परा र पराम्परागत मुल्यमान्यता देखि टाढा हुदैं आधुनिकता तर्फ धकेलिदै गईरहेको अवस्थामा वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई रमाईलोे उमङ्ग र उत्सवकोे पर्व होली को शुभकामना सहित, विभिन्न होलीको रंग लगाईदिदै यस्ता पर्वहरुले समाजमा टुटेको सम्बन्ध, द्वन्द्वको अन्त्य, र विगतबाट संचित भावनात्मक अशुद्धताहरूबाट छुटकारा पाउन र आपसी मेलमिलाप का साथै आत्मियताको राम्रो विकास तथा समाजको पुर्नस्थापना र नवीकरण गर्न थप हौसल्ला मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।

सो अवसरमा वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुले एक – आपसमा रङंहरू छयापेर, गीतहरू र नृत्यहरूमा संलग्न भएर, होलीका व्यंजनहरू का साथमा “ह्याप्पी होली” शुभकामना आदानप्रदान गर्दै होली पर्व मनाएका छन् । कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियोे ।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...