CG Electronics
IME Life
NIMB

शान्ति र समृद्धि बिचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन महासंघ अध्यक्ष ढकालद्वारा लुम्बिनीमा कुटनीतिक समुदायलाई आह्वान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धि बिचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ ।

अवैतनिक कन्सुलर कर्प्स नेपाल – एसोसिएसनले आयोजना गरेको लुम्बिनी कन्क्लेभलाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धि बिचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कुटनीतिक समुदायलाई आग्रह गर्नुभएको हो ।

शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू डर बिना स्वतन्त्रपूर्वक सञ्चालन हुदाँ लगानी, उद्यमशीलता, र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण बन्ने भएकाले लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्ताहरुलाई आह्वान गरिएको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले आउँदो नेपाल लगानी सम्मेलनमा बढि भन्दा बढि लगानीकर्ताहरुलाई सहभागि गराइ लगानी जुटाउन पनि कुटनीतिक समुदायलाई आग्रह गर्नुभयो ।

आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ उर्जा, कृर्षि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा वाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र नीजि क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।

नेपाल विकासोन्मुख देशको रुपमा ग्य्राजुएट हुन गइरहेको सन्दर्भमा प्रत्यक्ष विदेशी लगानीका लागि थप अवसरहरु सृजना भएकाले यसको उपयोग गर्न पनि सम्मेलन उपयुक्त मन्च रहने पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...