CG Electronics
IME Life
NIMB

‘खेलकुदमा अब राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदैन’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं रास्वपाका संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठले मन्त्रालयले खेल क्षेत्रमा सम्मानसहित निष्पक्ष नियुक्तिहरु गर्न लागेको बताएका छन् ।

वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रममा शनिबार उनले राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अब निष्पक्ष नियुक्तिको सुरुवात हुने बताए ।

उनले भने, ‘राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ । अब त्यो खाली हुन लागेको छ, खेलाडीहरु विदेश पलायन हुन नपर्ने गरेर, राज्यले सम्मान गरेर नियुक्ति गर्ने निष्पक्ष नियुक्तिहरु हुँदै छ हाम्रो मन्त्रालयबाट । खेलकुदमा राजनीति त यस्तो जरा जरामा घुसेको रहेछ की खेलकुद परिषद्मा राजनीतिक खेल परिषद् पनि हाल्नु पर्ने खालको पनि बेतिथि छ ।’

यस्तै, उनले खेलकुद मन्त्रालयमा नीतिगत धेरै कुराहरुको सुरुवात भइसकेको भन्दै सोमबारबाट धेरै एक्सनहरु पनि देख्न पाउने बताए ।

उनले भने, ‘खेलकुद मन्त्रालयमा नीतिगत धेरै कुराहरु सुरु पनि गरिसकेका छौं । यो सोमबारबाट धेरै एक्सनहरु पनि तपाईहरुले हेर्न पाउनु हुनेछ । त्यो पनि गर्दै छौ । यसमा जस्तै, गृहमन्त्रीज्यूले सार्वजनिक जग्गाको कुराहरु छ, खेलकुद र स्काउटका पनि धेरै सार्वजनिक जग्गा लुटेर बसेका रहेछन् । मान्छेहरुले पैसा पनि नदिने, लिएर पनि बस्ने, अदालतमा मुद्दा हाल्ने र स्टेअर्डर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् ।’

युवा तथा खेलकुद मन्त्रालय रास्वपाका तर्फबाट प्रतिबद्ध रहेको भन्दै खेलाडी, प्रशिक्षक र देशले अब न्याय पाउन सुरु भएको पनि उनको भनाइ छ ।

उनले आफूले सम्हालिरहेको मन्त्रालय अब तल जाने स्थान नै नभएको भन्दै अब व्यक्तिवादी विकास होइन, विधि र नीतिगत विकासमा रास्वपा प्रतिबद्ध रहेको बताए ।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...