CG Electronics
IME Life
NIMB

बीवाईडीले निकाल्यो ७० लाखौं न्यु इनर्जी भेइकल

NIMB
Himalayan Bank

 

काठमाडौं । बीवाईडीले ७० लाखौं न्यु इनर्जी भेइकल निकालेको छ ।

बीवाईडीका अनुसार मार्च २५ मा विश्वकै प्रमुख न्यु इनर्जी भेइकल र पावर ब्याट्री उत्पादक कम्पनी बीवाईडीले ७० लाखौ न्यु इनर्जी भेइकल, डेन्जा एन७ सार्वजनिक गरी यो लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको छ ।

कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन७ सार्वजनिक गरेर बीवाईडीले ब्रान्डको लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ । बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ ।

बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पुर्याएको थियो । त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको हो ।

कम्पनीका अनुसार सन् २०२३ मा बीवाईडीको वार्षिक बिक्री ३० लाख २० हजार युनिट भन्दा बढी पुगेर न्यु इनर्जी भेइकलको बजारमा ग्लोबल लिडर नै बन्न सफल भएको छ । विभिन्न ब्रान्ड पोर्टफोलियो अन्तर्गतका फरक फरक क्याटागोरीमा उपलब्ध फरक मोडलले यसरी बिक्री बढाउनमा भूमिका खेलेका छन् ।

यसैगरी यही वर्ष नै अन्तर्राष्ट्रिय बजारमा समेत २ लाख ४० हजार युनिट भन्दा बढी कार निर्यात गरी बीवाईडी न्यु इनर्जी भेइकल अन्तर्गत टप चाइनिज निर्यातकर्ता कम्पनी समेत बनेको छ । एक वर्षमै यो संख्या ३३७ प्रतिशतले बढेको हो । हाल विश्वका ६४ देश र क्षेत्रमा बीवाईडीका न्यु इनर्जी प्यासेन्जर गाडी बिक्री भइरहेका छन् । ती मध्ये थाइल्यान्ड, ब्राजिल, उज्वेकिस्तान र हंगेरीमा गाडी उत्पादन गर्ने कारखाना छन् ।

कम्पनीका अनुसार यही वर्ष देखि नै बीवाईडी युरो कपको समेत अफिसियल पार्टनर बनेर न्यु इनर्जी भेइकललाई वर्ल्ड स्टेजमा पुर्याउन सफल भएको छ । बीवाईडीले हाल इलेक्ट्रिक र प्लग इन हाइब्रिड सवारी साधन उत्पादनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ र ब्याट्री तथा इलेक्ट्रिक मोटर लगायतका विभिन्न प्रविधिमा समेत कार्य गरिरहेको छ । डेन्जा बीवाईडी अन्तर्गतकै एक ब्रान्ड हो ।

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:५९

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...