CG Electronics
IME Life
NIMB

सहकारी प्रकरणदेखि विनोद चौधरीबारे गृहमन्त्री : प्रतिशोध राख्ने काम हुनेछैन्

NIMB
Himalayan Bank

काठमाडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले उजुरी दर्ताको विषय सिधैँ गृहमन्त्रीकै तहबाट हेर्नेगरी संयन्त्र निर्माण गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको बताएका छन् ।

बुधबार राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले उजुरी दर्ताको प्रवृत्तिमा धेरै गुनासो आएको भन्दै यसको लागि व्यवस्थित संयन्त्रको तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले भने, ‘उजुरी दर्ताको प्रवृत्तिमा गुनासो धेरै छ । त्यस्ता गुनासोहरु हाम्रो निकायका अधिकारीहरुले गरेका कमी कमजोरीहरुलाई गृहमन्त्रीकै तहबाट हेर्ने एउटा संयन्त्र बनाउने तयारीमा छौं । त्यसका लागि छलफल अन्तिम चरणमा छ ।

त्यस्तो हुँदा सोझै गृहमन्त्रीलाई पनि खबर आउने र आम जनमानसको चेतनालाई मध्यनजर राख्न सकिन्छ भन्ने लागेको छ । सोझै हामीसम्म आईपुग्ने संयन्त्रको लागि अन्तिम तयारीमा छौ ।’

यस्तै, उनले सांसदहरुले सुरक्षाको सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदैँ सुविधाका नाममा राष्ट्रसेवक कसैको भाडा माँझेर, लुगा धोएर र अगाडि पछाडी हल्लिएर नहिड्ने स्पष्ट पारे ।

उनले भने, ‘सांसदहरुले सुरक्षा माग गर्दा त्यसको अवस्था हेरेर गम्भीरतापूर्वक लिइएको छ । तर सुविधाका नाममा हाम्रा राष्ट्रसेवक कसैको भाडा माझेर, लुगा धोएर बस्दैनन् र अगाडि पछाडी हल्लिएर हिड्दैनन् ।

आवश्यकताका आधारमा गृहमन्त्री गम्भीर र जिम्मेवार छ । तर कानूनी अधिकारको दुरुपयोग गर्ने हो भने त्यसलाई हामी स्वीकार गर्न सक्दैनौ ।’

 

उनले राज्यको निकायमा बसेर आफूसँग भएको राजनीतिक, व्यक्तिगत र व्यवसायिक पूर्वाग्रही राख्ने मानिस पदको लायक नभएको भन्दै आफ्नो कार्यकालमा कहींकतै त्यसको गुन्जायस नहुने दाबी गरे ।

उनले भने, ‘राज्यको निकायमा बसेर आफूसँग भएको राजनीतिक, व्यक्तिगत र व्यवसायिक पूर्वाग्रही राख्ने हो भने त्यो मानिस त्यसका लागि लायक हुदँैन् । राजनीतिक वा अन्य पूर्वाग्रहम आफ्नो कार्यकालमा आफ्नो तर्फबाट कहींकतै त्यसको गुन्जायस नहुने कुराको सुनिश्चित व्यक्त गर्न चाहन्छु । कानुनले दिएको अधिकारलाई दुरुपयोग गर्ने हो भने समाज कहाँ जान्छ, हामी यसमा सचेत छौ ।’

उनले विधिको शासनलाई ध्यानमा राखेर कानुन पालना गर्ने कुरामा कानुन पल्टाउने भन्दै कानुनभन्दा बाहिर रहेर प्रतिशोध राख्ने काम आफूबाट नहुने पनि बताए । सहकारी प्रकरणमा आफ्नो नाम मात्र उल्लेख भएको स्पष्ट पारे ।

‘उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ । न सामान्य फर्म भरिएको छ । मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको छैन,’उनले भने ।

उनले आफू सरकारमा सहभागी हुनुभन्दा पहिला नै सहकारी प्रकरणमा नाम उल्लेख गरिएको बताउँदै अहिले प्रभावित हुने काम नहुने बताए ।

त्यस्तै उनले सांसद विनोद चौधरीका बारेमा पनि जवाफ दिएका छन् । उनले पहिला थुन्ने र कुरा सुन्ने काम चौधरीको हकमा सरकारले नगरेको स्पष्ट पारे ।

‘सरकारले पहिला थुन्ने अनि सुन्ने गर्दैन । पहिला सुन्नपर्छ, नसुनी थुन्न हुँदैन भन्ने कुरामा मेरो बुझाई छ’, उनले भने, ‘त्यहीअनुसार माननीय विनोद चौधरीको केसमा पनि भएको हो । कसैप्रति दुषित पूर्वाग्रह राख्ने काम हामीबाट हुँदैन ।’

गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद भएको हतियारबारे पनि स्पष्ट जवाफ दिएका छन् ।

‘दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरेको देखिएको छ’, उनले भने, ‘हतियारको मालिक एकजना देखियो । तर प्रयोग अर्कैले गरेको पाइयो। चलाउने ब्यक्तिको हातमा हतियार नभएको कुरा थाहा भएपछि अनुसन्धान हुँदैछ ।’ उनले कसैलाई विना कारण छाड्नुपरे आफैं पद छाड्ने पनि बताए ।

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...