IME Life
NIMB

सहकारी क्षेत्रमा ९९ प्रतिशत संचालक असल छन : मन्त्री बज्राचार्य

NIMB
Himalayan Bank

 

 

हेटौंडा । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले सहकारी क्षेत्रको विकासको पक्षमा एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा हेटौंडामा आयोजित कार्यक्रमको उद्घाटन गरेका मन्त्री बज्राचार्यले हाल थोरै संख्याका सहकारी सञ्चालकको स्वार्थका कारण समस्यामा परेको र बदनाम बनिरहेको सहकारी क्षेत्रमा ९९ प्रतिशत राम्रा सञ्चालक रहेको जिकिर गरे ।

मन्त्री बज्राचार्यले वर्तमान परिस्थितिमा सहकारीहरु आफैंपनि एकजुट हुन जरुरी रहेको धारणा राखे । सहकारी क्षेत्रकै कारण देशको अर्थतन्त्र बलियो भएको र सहकारी क्षेत्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्नेमा मन्त्री बज्राचार्यले जोड दिए ।

कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारी क्षेत्रमा बागमती प्रदेशमा मात्र ५१ अर्ब रुपैयाँ शेयरपुँजी रहेको जानकारी गराए ।

उनले यस क्षेत्रका सहकारीमा धेरैजसो महिलाहरु आवद्ध रहेको बताए । प्रदेश सरकारले सहकारीको अनुगमनलाई व्यापक बनाएको जिकिर देवकोटाले गरे । उनले देशभरका ३० हजार सहकारी संस्थाहरुलाई एकिकरण गरेर १० हजार सहकारी बनाउन आफूहरु लागिरहेको बताए ।

मकवानपुरका गाउँ गाउँ र हेटौंडाका विभिन्न्न वडाबाट आफ्ना सहकारी संस्थाका व्यानरसहित निस्किएका सहकारीकर्मीहरुले हेटौंडा बजारको परिक्रमा गरी हेटौंडाको एक पार्टी प्यालेसमा सभामा परिणत भएको थियो ।

नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको औपचारिक शुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

सहकारीको क्षेत्रमा झण्डै ६० लाख सदस्य छन् । पछिल्लो समय सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर र विश्वसनियता बढ्न सकेको छैन ।

कतिपय सहकारीको कारोबारमा जोखिम अवस्था छ । सहकारीले आफ्नो रकम अपचलन गरेको भन्दै बचतकर्चा नै आन्दोलनमा छन् ।

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...