IME Life
NIMB

‘सहकारीले बैंकभन्दा बढी कारोबार गर्ने हैसियत कसरी पाए ?’

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहराज्यमन्त्री डा. दीपकप्रकाश बास्कोटाले सहकारीहरुले बैंकभन्दा बढी कारोबार गर्ने हैसियत कसरी पाए भन्ने खोजी गर्नुपर्ने बताएका छन् ।

सहकारी दिवसको अवसरका मंगलबार नेपाल न्युज बैंकसँग कुराकानी गर्दै डा. बास्कोटाले सहकारीको ब्यानरमा ठगी गर्नेहरुलाई सरकारले नियमन गर्न गर्न नसक्दा समस्याहरु आएको बताए ।

सहकारीहरुका लागि निश्चित कार्यक्षेत्र तोकेर त्यही सीमाभित्र रही ऋण प्रवाह र सेवा दिनेगरि कानुन बनाउन आवश्यक रहेको बास्कोटाको भनाइ छ ।

उनले भने, ‘सहकारी जस्तो संस्थाले करोडौंकरोडको कारोबार कसरी गर्न सक्छ ? बैंकले अनुमति दिँदा त सबै प्रक्रिया पु¥याएर दिएको होला नि । अनि त्यही बैंकभन्दा बढी कारोबार गर्ने हैसियत कसरी बनाए ? अरब अरबको कारोबार गर्ने संस्था दर्ता गर्दा अलिकति सोच्नुपर्दैन ?’

सहकारीजस्ता ऋण प्रवाह गर्ने संस्थाहरुलाई शाखा खोल्ने अधिकार दिएकै कारण सहकारीपीडितहरु अहिले सडकमा आएको उनको बुझाइ छ ।

उनले भने, ‘सहकारीलाई कति अधिकार कति दिन मिल्छ भन्ने कुराको अध्ययन गर्नुपर्ने आवश्यकता छ । अब हेर्नुस् है मान्छेले ठग्नका लागि पोखरामा सहकारी छ, झापामा शाखा राखेको छ । काठमाडौं दर्ता गर्ने पोखरामा शाखा राख्ने यो त गलत हो नि । यो ऋण तथा सहकारी संस्थाहरुलाई शाखा दिनु नै हुँदैन ।’

त्यस्तै, नेता बास्कोटाले सहकारी दर्ता बदमासी गराउनेमा सरकारसमेत प्रत्यक्ष संलग्न रहेको आरोप लगाए ।

सरकारमा रहेका कोही पनि नेता चोखो नरहेको आरोप लगाएका उनले नियतमा खोट नभएका मान्छेले सहकारी चलाउनुुपर्ने उल्लेख गरे ।

उनले भने, ‘सहकारी दर्ता गरेर बदमासी गराउनेमा सरकारको समेत हात छ । के सरकारमा बस्ने मान्छे सबै चोखा हुन्छन् त ? देखियो नि अहिले सरकारमा बसेका मान्छेहरु अख्तियारको अनुसन्धानपछि जेल जानुपर्ने अवस्था त आएको छ ।

कोही पनि चोखो हुँदो रैनछ । त्यही भएर नियत चोखो हुनुप¥यो । नियत चोखो भएको मान्छेले सहकारी चलाउनु प¥यो । सहकारी भनेको राजनीतिक प्रणाली पनि होइन । र अहिले नेपाल संविधानले यसलाई तेस्रो आर्थिक व्यवस्था भनेर मानेको छ । राजनीतिक नेताहरुको आडमा सहकारीमा बदमासी गर्ने पनि पाइएका छन् । राजनीतिक दलका नेताहरुको सिफारिसमा दर्ता भएका पनि छन् । त्यस्ता संस्था विकृत भएर भागेका पनि छन् ।’

सहकारी एउटा आदर्श र मूल्य मान्यतामा आधारित प्राविधिक विषय भएको उल्लेख गर्दै बास्कोटाले सहकारी संचालकलाई आवश्यक तालिम दिएर मात्र सञ्चालन गर्न दिई उपल्लो निकायले निरन्तर अनुगमन गर्नुपर्ने बताए ।

 

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...