Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘सहकारीले बैंकभन्दा बढी कारोबार गर्ने हैसियत कसरी पाए ?’

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहराज्यमन्त्री डा. दीपकप्रकाश बास्कोटाले सहकारीहरुले बैंकभन्दा बढी कारोबार गर्ने हैसियत कसरी पाए भन्ने खोजी गर्नुपर्ने बताएका छन् ।

सहकारी दिवसको अवसरका मंगलबार नेपाल न्युज बैंकसँग कुराकानी गर्दै डा. बास्कोटाले सहकारीको ब्यानरमा ठगी गर्नेहरुलाई सरकारले नियमन गर्न गर्न नसक्दा समस्याहरु आएको बताए ।

सहकारीहरुका लागि निश्चित कार्यक्षेत्र तोकेर त्यही सीमाभित्र रही ऋण प्रवाह र सेवा दिनेगरि कानुन बनाउन आवश्यक रहेको बास्कोटाको भनाइ छ ।

उनले भने, ‘सहकारी जस्तो संस्थाले करोडौंकरोडको कारोबार कसरी गर्न सक्छ ? बैंकले अनुमति दिँदा त सबै प्रक्रिया पु¥याएर दिएको होला नि । अनि त्यही बैंकभन्दा बढी कारोबार गर्ने हैसियत कसरी बनाए ? अरब अरबको कारोबार गर्ने संस्था दर्ता गर्दा अलिकति सोच्नुपर्दैन ?’

सहकारीजस्ता ऋण प्रवाह गर्ने संस्थाहरुलाई शाखा खोल्ने अधिकार दिएकै कारण सहकारीपीडितहरु अहिले सडकमा आएको उनको बुझाइ छ ।

उनले भने, ‘सहकारीलाई कति अधिकार कति दिन मिल्छ भन्ने कुराको अध्ययन गर्नुपर्ने आवश्यकता छ । अब हेर्नुस् है मान्छेले ठग्नका लागि पोखरामा सहकारी छ, झापामा शाखा राखेको छ । काठमाडौं दर्ता गर्ने पोखरामा शाखा राख्ने यो त गलत हो नि । यो ऋण तथा सहकारी संस्थाहरुलाई शाखा दिनु नै हुँदैन ।’

त्यस्तै, नेता बास्कोटाले सहकारी दर्ता बदमासी गराउनेमा सरकारसमेत प्रत्यक्ष संलग्न रहेको आरोप लगाए ।

सरकारमा रहेका कोही पनि नेता चोखो नरहेको आरोप लगाएका उनले नियतमा खोट नभएका मान्छेले सहकारी चलाउनुुपर्ने उल्लेख गरे ।

उनले भने, ‘सहकारी दर्ता गरेर बदमासी गराउनेमा सरकारको समेत हात छ । के सरकारमा बस्ने मान्छे सबै चोखा हुन्छन् त ? देखियो नि अहिले सरकारमा बसेका मान्छेहरु अख्तियारको अनुसन्धानपछि जेल जानुपर्ने अवस्था त आएको छ ।

कोही पनि चोखो हुँदो रैनछ । त्यही भएर नियत चोखो हुनुप¥यो । नियत चोखो भएको मान्छेले सहकारी चलाउनु प¥यो । सहकारी भनेको राजनीतिक प्रणाली पनि होइन । र अहिले नेपाल संविधानले यसलाई तेस्रो आर्थिक व्यवस्था भनेर मानेको छ । राजनीतिक नेताहरुको आडमा सहकारीमा बदमासी गर्ने पनि पाइएका छन् । राजनीतिक दलका नेताहरुको सिफारिसमा दर्ता भएका पनि छन् । त्यस्ता संस्था विकृत भएर भागेका पनि छन् ।’

सहकारी एउटा आदर्श र मूल्य मान्यतामा आधारित प्राविधिक विषय भएको उल्लेख गर्दै बास्कोटाले सहकारी संचालकलाई आवश्यक तालिम दिएर मात्र सञ्चालन गर्न दिई उपल्लो निकायले निरन्तर अनुगमन गर्नुपर्ने बताए ।

 

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत १३ बुधवार २३:३९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा

“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४”...

वि.सं.२०८१ चैत १३ बुधवार २३:२४

  काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङ्गको प्रवर्धन तथा...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो...

वि.सं.२०८१ चैत १३ बुधवार २३:२०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग...

मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न

मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८१ चैत १३ बुधवार २३:१७

  काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक...

विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन

विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न...

वि.सं.२०८१ चैत १३ बुधवार २३:१४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र...