Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

न्याय परिषद्द्वारा १० जनालाई जिल्ला न्यायाधीश सिफारिस

 

काठमाडौं । न्याय परिषद्ले न्याय सेवाअन्तर्गतका १० कर्मचारीलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बिहीबारको बैठकले नियुक्ति सिफारिस गरेको हो ।

जिल्ला न्यायाधीशको सिफारिसमा परेकाहरुमा दोलखाको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, सर्वोच्च अदालतका इजलास अधिकृत नरेन्द्रप्रसाद बूढा, फणेश्वरी घिमिरे, उपरजिष्ट्रार महेन्द्रबहादुर कार्की, उच्च अदालत विराटनगरको इलाम इजलासका रजिष्ट्रार जीवनकुमार भण्डारी छन् ।

यस्तै उच्च अदालत पोखराको बागलुङ इजलासका रजिष्ट्रार मुकुन्द आचार्य, महान्यायाधिवक्ताको कार्यालयकी उपमहान्यायाधिवक्ता विमला रेग्मी, बाजुरा जिल्ला अदालतका स्रेष्तेदार पुष्पराज पाण्डे, पाल्पा जिल्ला अदालतका स्रेष्तेदार शिवबहादुर थापा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कानुन अधिकृत दीपक घिमिरे सिफारिसमा परेका छन् ।

यस्तै परिषद्ले केही न्यायाधीशको सरुवा सिफारिस पनि गरेको छ । उच्च अदालत विराटनगरको धनकुटा इजलासका न्यायाधीश रत्नबहादुर वागचन्दलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज र उच्च अदालत विराटनगरका न्यायाधीश गणेशप्रसाद बराललाई वागचन्दका ठाउँमा धनकुटा सिफारिस गरेको छ ।

मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेललाई भक्तपुर जिल्ला अदालत र रौतहट जिल्ला अदालतकी न्यायाधीश पूर्णिमा कोइरालालाई सञ्जेलका ठाउँमा मकवानपुर सरुवा सिफारिस गरेको छ ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...