nic bank
himalayan everesat
Nmb bank

प्रहरी बढुवा योग्यतामा हुने व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणाली (अटोमेसन)मा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।

बिहीबार गृह मन्त्रालयमा सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली,२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा उनले दुवै प्रहरी संगठनको नियमावलीमै बढुवाका लागि योग्यतामा आधारित स्वचालित प्रणालीको स्पष्ट व्यवस्था हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौं भन्ने बढुवा नै पिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ । जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौं । त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ । अरुले बहालमा रहँदा के गर्नुभयो त्यता फर्किन्न । म चाहिँ आफू कार्यरत रहँदा विधि र प्रणालीमा जोड दिन्छु ।’

सुरक्षा निकायहरुमा अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य गर्न जरुरी रहेको गृहमन्त्री लामिछानेको भनाइ थियो ।
केहीअघि प्रहरी उपरीक्षक र बुधबार भएको प्रहरी निरीक्षकको बढुवा सिफारिसका क्रममा प्राप्त प्रतिक्रियाका आधारमा लामिछानेले यस्तो निर्देशन गरेका हुन् ।

उनले दुवै संगठनको संयुक्त संयन्त्र बनाएर विस्तृत अध्ययन गरी प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।
०००

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:०५

रसुवा, नेकपा एमाले रसुवाको ९ औं अधिबेशनका लागि निर्वाचन कमिटीले...

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको अनादर

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१८

  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास...

एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक शुरू, ओलीले गरे उदघाटन

एमाले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक शुरू, ओलीले...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१२

नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठक शुरू भएको छ...

नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:०६

  नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु...

प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ : मन्त्री चौधरी

प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित...

वि.सं.२०८१ वैशाख ८ शनिवार २२:५७

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले यौनिक तथा...

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न नसक्नु दुखद्’

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न...

वि.सं.२०८१ वैशाख ८ शनिवार २२:४९

  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै...