CG Electronics
IME Life
NIMB

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय झन्डा किन झुकाइयो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा जर्सीका कारण विवादमा तानिएको छ ।

अगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपको लागि नेपाली टोली अभ्यासमा अभ्यस्त भइरहेको बेला बुधबार क्यानले एक समारोहबिच खेलाडीका लागि आधिकारिक जर्सी सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनको आयोजना गर्दै बुधबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले संयुक्त रुपमा विश्वकपमा नेपाली खेलाडीले प्रयोग गर्ने जर्सी सार्वजनिक गरेका थिए । तर, जर्सीकै विषयलाई लिएर नेपाल क्रिकेट संघ क्यान नै दुई कित्तामा विभाजित भएको छ ।

क्यानका केन्द्रीय सदस्य तथा पूर्वप्रवक्ता दुर्गाराज पाठकले नेपाली खेलाडीले प्रयोग गर्ने जर्सीमा नेपालको मौलिकता, राष्ट्रियता र पहिचान झल्किने भएकाले छलफल नगरि जर्सी सार्वजनिक गर्नु आफैंमा गलत भएको बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सीजस्तो संवेदनशील र अन्तर्राष्ट्रिय पहिचानको विषयमा समेत छलफल नगरि क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले एकतर्फी र एकलौटी गरेको आरोप पाठकको छ ।

संस्थागत र सामूहिक गर्नुपर्ने भएतापनि क्यानका केही पदाधिकारीहरुले जानकारी समेत नदिई रातरात जर्सी सार्वजनिक गर्नु दुःखद भएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘कुनैपनि खेलाडीले प्रयोग गर्ने जर्सी उक्त देशको मौलिकता, पहिचान र उसको राष्ट्रियताको प्रतिनिधितव गर्ने गर्दछ ।

अहिले नेपाली खेलाडीले प्रयोग गर्दै आएको जर्सी हामीले क्यानको बोर्ड बैठकबाट निर्णय गरेर छनोट गरेका थियौं ।

धेरै कम्पनीलाई जर्सी बनाउन भनेका थियौं । त्यहीबाट सबैले छलफल र सहमतिमा छनोट गरेका हौं । तर अहिले क्यानमा आवद्ध भएको एक जिम्मेवार व्यक्ति मैले मात्रै दुई दिन पहिले थाहा पाएँ ।

जर्सी त तयार भइसकेको रहेछ । कम्तिमा क्यानमा त छलफल गर्नुपर्छ । एकतर्फी गर्न खोज्नुभएको छ ।’

संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्काले खेलाडी र क्यानका प्रतिनिधिसँग छलफल नै नगरि सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका ह्न् । अहिलेको नेतृत्वले नेपाली क्रिकेट जगतको नेतृत्व गर्न नसकिरहेको पाठकको आरोप छ ।

यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलकुदमन्त्री तथा क्यानका पदाधिकारीकै उपस्थितिमा जर्सी रिभिल गरिएको भन्दै कसैलाई ‘बाइपास’ नगरिएको टिप्पणी गरे ।

विश्वकप तयारीको लागि समय कम हुनु र जर्सीका बारेमा आफूहरुले लामो समयदेखि छलफल गरेका कारण उपयुक्त समयमा जर्सी रिभिल गरिएको भन्दै जर्सीलाई लिएर क्यानका केही सदस्यहरुले अतिरन्जना मच्चाइरहेको बताए ।

अध्यक्ष चन्दले भने,‘पहिले क्यानको बोर्ड बैठकबाट छलफल गरेर हामीले जर्सी छनोट गथ्र्यौं । अहिले विश्वकपको तयारीका लागि समय कम भएका कारणले छलफल नगरि सार्वजनिक गर्नुपर्ने भयो । जर्सीका विषयमा कसैलाई बाइपास गरिएको छैन ।’

जर्सीमा झण्डा झुकेको स्टिकर प्रयोग गरिएकोप्रति क्रिकेट समर्थकले आलोचना गरिरहेका छन् । सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘ झुकाएको भन्नु भएन । यसलाई सकरात्मक रुपमा लिउँ । काँधमा झण्डा राख्दैमा झुकाएको भन्न मिल्दैन ।’

नेपालको नयाँ जर्सीमा रातो, हल्का सेतो र नीलोे रङ्ग मिश्रित गरिएको छ भने दुवै काँधमा नेपालको झण्डा अंकित रहेको छ । त्यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ भने छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो राखिएको छ ।

यद्यपी, नेपाली राष्ट्रिय टोली अभ्यासका लागि देशबाहिर रहेको अवस्थामा जर्सी सार्वजनिक गर्नुलाई क्रिकेटप्रेमीले खिन्नता व्यक्त गरिरहेका छन् । भने अर्कोतर्फ जर्सीमा प्रयोग गरिएको नेपाली झण्डा र जर्सीको रंगलाई लिएर समेत नकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् ।

क्यानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्टमा फेसबुक प्रयोगकर्ताहरुले देशको प्रतिष्ठा र स्वाभिमानसँग जोडिएको भन्दै तुरुन्त जर्सी फेर्न दबाब दिएका छन् ।

जर्सीबारे टिप्पणी गर्दै एकजना प्रयोगकर्ता लेख्छन्, ‘सगरमाथाको माथिल्लो भागमा सेतो कलरमा हुनुपर्ने, गैंडाको कमसेकम क्यानको लोगोमा मुख मात्र देखिन्छ । झण्डा काँधमा भन्दा बाउलामा हुनुपर्ने, भगवान गौतम बुद्धको फोटो अगाडि वा पछाडि मिलाएर राख्नुपर्ने थियो ।’

नयाँ जर्सीमा प्रयोग गरिएको राष्ट्रिय झन्डाको विषयलाई लिएर सबैभन्दा बढी नकारात्मक टिप्पणी आएका छन् । खेलाडीको काँधमा पर्नेगरी जर्सीको दुबैतर्फ राखिएको राष्ट्रिय झण्डा झुकेको बनाइएको छ । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ जर्सीको बढी विरोध भइरहेको हो ।

अर्का प्रयोगकर्ता लेख्छन्, ‘चन्द्र र सूर्य प्रष्टसँग देखिनुपर्यो । हाम्रो राष्ट्रिय झण्डा झुकेको छैन र झुक्दैन पनि । त्यसैले कि ठुलो बनाउनुस् कि त ठाडो बनाउनुस् । यो चाँही भएन । जर्सी क्यानका दुई जनालाई होइन समग्र नेपालीलाई मनपर्ने हुनुपर्दछ ।’

त्यसैगरि, जर्सीमा प्रयोग गरिएको पहेंलो रङ्ग र हिमालमा प्रयोग गरिएको रातो रङ्गको विषयलाई लिएर पनि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक टिप्पणी गरिरहेका छन् । (नेपाल न्यूज बैंक)

 

 

 

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...