nic bank
himalayan everesat
Nmb bank

‘चीन र भारतको आर्थिक विकास र स्थिरताबाट नेपालले सिक्नुपर्छ’

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित स्वर्गीय सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको कार्यक्रममा लोहनीले स्व.थापा उदार, कसैप्रति पनि पूर्वाग्रह नराख्ने, आफ्नो आचोलना गर्नेसँग पनि नजिक भएर मिलेर काम गर्न सक्ने खुबी भएको स्मरण गर्दै अहिले देशमा सबैलाई समेटेर लैजाने परिस्थितिको आवश्यकता रहेको औंलयाए ।

उनले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट आर्थिक विकास र राजनीतिक स्थिरतालाई सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति र संस्कृतिको आवश्यक छ ।’

उनले थपे, ‘एकातिर चीन छ, एकातिर भारत छ । दुईवटा देशमा तीन कुराको समानता छ । एउटा समानता भनेको दुईवटै देशमा पोलिटिकल स्टाबलिटी छ । भारतमा १० वर्ष भयो, एउटा पार्टीले मेजोरिटी लिएर शासन गरेको ।

मान्छेमा आशा जगाउन सकेको छ । चाइना आफैं पनि विश्व शक्ति भयौं भनेर आएको छ र त्यहाँ राजनीतिक स्थिरता छ ।

यी दुवै देशमा आर्थिक विकास तिव्र रुपमा भएको छ । र तेस्रो भनेको दुवै देशमा राष्ट्रियता असाध्यै बलियो रुपमा आएको छ ।’

लोहनीले नेपालको राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र आफ्नो राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताए ।

उनले एकले अर्कालाई आलोचना गर्ने भन्दा कसैले कसैलाई निषेध नगरी देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सबैको सहमति हुनुपर्ने आवश्यकता औंल्याए ।

 

 

इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी

इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०८:५९

  इलाम । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका...

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:००

  स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०३

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१६

काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले...

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१२

  काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर...

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार !

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१०

  काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष...