nic bank
himalayan everesat
Nmb bank

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

नयाँ वर्ष सुरु भएको पहिलो कारोबार दिनबाटै ओह्रालो लागेको सेयर बजार दोस्रो दिन अझ दोहोरो अंकले घटेको छ । बजार सोमबार १६.८२ अंकले घट्दा परिसूचक २००६.५२ विन्दुमा रह्यो ।
कारोबार रकम पनि घटेर २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।

आइतबार २.३५ अंकले घट्दै बजार २०२३.३५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो ।

आज १३ उपसमूहमा सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो । फाइनान्स, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटनसँगै अन्य उपसमूह सर्वाधिक घटेका छन् ।

कारोबारमा आएका कम्पनीमध्ये १८४ को सेयरमूल्य घटेको छ भने ५२ वटाको बढेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
घटेको बजारमा पनि माछापुछ्रे डिबेञ्चर २०८७, मेन्छियम हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरको सेयरमूल्य बढेको छ ।

सर्वाधिक सेयर किनबेच ज्ञादी ग्रुप अफ पावरको भएको छ । उक्त कम्पनीको सेयर १७ करोड ७३ लाख रुपैयाँको किनबेच भएको छ । यस्तै सीवाइसी नेपाल लघुवित्तको ७ करोड ७० लाख, सानीमा माई हाइड्रोपावरको ६ करोड ९१ लाखको सेयर किनबेच भएको छ ।

 

घटेका सेयरमा गुराँस लघुवित्त र दोल्ती पावरको नकारात्मक सर्किट नै लागेको छ । खानीखोला हाइड्रोपावर, निफ्रा ऋणपत्र २०८५÷८६, माण्डू हाइड्रोपावर लगायतका कम्पनीको पनि सेयरमूल्य घटेको छ ।

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई...

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:३१

  काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत...

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:५२

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५४

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क...