CG Electronics
IME Life
NIMB

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी साइबर ब्यूरोको फन्दामा परे ।

वित्तीय संस्थाको वेभसाइटमा अनधिकृत रूपमा पहुँच पु¥याउन प्रयास गरिरहेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछानेको कर्तुत समेत साइबर ब्यूरोबाट छिपेन । शैक्षिक गतिविधि सहजीकरण गर्ने बहानामा अनलाइन ठगी गर्ने बाँकेका २२ वर्षीय तिरूपती पाण्डे, २० वर्षीय दोमन केसी र बागलुङका २० वर्षीय सुवास कंडेल समेत साइबर ब्यूरोको निगरानीमा परे, र समातिए ।
यी त केही उदाहरणहरु मात्रै हुन् ।

अहिले बन्द कोठाभित्र लुकेर इन्टरनेटको अनाधिकृत प्रयोग गर्ने र अपराध गर्नेहरू ठान्छन्, कि घरमा बसेर गरेको अपराध त प्रहरीलाई थाहै हुदैन । तर नेपाल प्रहरीको साइबर ब्यूरोले त्यस्ता अपराधीहरुलाई समेत निगरानीमा पार्ने र अनुसन्धानको दायरामा ल्याउने गरेको छ । लुकिछिपि प्रविधिको प्रयोग गरेर अपराध गर्ने धेरैजसो अभियुक्तलाई साइबर ब्यूरोले कानूनको दायरामा ल्याइसकेको छ । तर पछिल्लो समय लुकीछिपी अपराध गर्नेहरु प्रहरीको फन्दामा मात्रै परेका छैनन्, यस्तो अपराधको ग्राफ पनि रातारात दोब्बरले बढिरहेको छ ।

ब्यूरोको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अवधिमा मात्रै १५ हजार ६ वटा उजुरी परेका छन् । तीमध्ये मुद्दा चलेका ७३ जनालाई ब्यूरोले पक्राउ गरेको छ भने कतिपयलाई सम्झाईबुझाई सहमतिमा ल्याउने गरेको छ ।

प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्न साइबर ब्यूरा सक्रिय रहेको दाबी गर्छन् ।

उनका अनुसार यी ९ महिनामा दर्ता भएका उजुरीमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक र म्यासेन्जरको दुरूपयोगका उजुरी सबैभन्दा धेरै छन् । यो अवधिमा फेसबुक र म्यासेन्जरमार्फत् दुरुपयोगका १२ हजार २९६ वटा उजुरी परेका साइबर ब्यूरोले जनाएको छ ।

भाइबरका १८ वटा, इमोका ९ वटा, युट्यूवका ५१ वटा, ह्याट्सएपका ७ सय २४ वटा, ट्वीटरका १० वटा, इन्स्ट्राग्रामका ६ सय ८६ वटा, वेभसाइट ह्याकिङका १० वटा, टिकटकका ६ सय ७८ वटा, इमेलका ९३ वटा, इसेवाका २ सय ६६ वटा र वित्तिय संस्थातर्फ १ सय ६५ वटा रहेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा ९ हजार १३ वटा र आर्थिक वर्ष २०७८÷०७९ मा ४ हजार ६८६ वटा निवेदन प्रहरीमा दर्ता भएका थिए । प्राप्त निवेदनमध्ये चालु आर्थिक वर्षमा ७४ वटा, आर्थिक वर्ष २०७९÷०८० मा १ सय २७ र आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ३२ वटा मुद्दा दर्ता भएका थिए ।

प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको डिआइजी ढकालले बताए ।
सरकारले साइबर चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई हुने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले २०७५ जेठ २७ गते साइबर ब्यूरो स्थापना गरेको थियो । साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थाले साइबर अपराध सम्बन्धी निवेदन दर्ताको चाप बढ्दोक्रममा रहेको बताए ।

‘विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने जस्ता अपराध हुने गरेको पाइन्छ । अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने अपराधीहरू पनि सक्रिय छन्,’ उनले भने, ‘अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दुस्ख हैरानी दिने घटना पनि देखा परेका छन् ।’

इनड्राइभको महिलाउद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँगजोड्ने योजना

इनड्राइभको महिलाउद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँगजोड्ने योजना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:०४

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...