CG Electronics
IME Life
Ncell NPL

मिडियाले सरकार र जनताबिचको पुलको काम गर्नुपर्छ : संचारमन्त्री

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी स्वामित्वका मिडियाहरुले सरकार र जनताबिचको पुलको काम गर्नुपर्ने बताएकी छिन् ।

सोमबार गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सव समारोहमा उनले संविधानमा मौलिक हकमा राम्रो व्यवस्था रहेपनि कार्यान्वयन हुन नसकेको भन्दै यसबारे पनि सरकारी मिडियाहरुले सचेतनाको पक्षमा भूमिका खेल्नुपर्ने बताईन् ।

उनले भनिन्, ‘राज्यबाट सम्पन्न भएका नीति, नियम जनताका बीचमा पु¥याउने र जनताका गुनासा र अपेक्षाहरु सरकारसम्म पु¥याउने गरेर सरकारी मिडियाहरुले आफ्नो भविष्य निर्धारण गर्नुपर्छ ।

हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छौ । जातिय छुवाछुत्, लैङ्गिक समानतालगायतका थुप्रै विषयहरु हामीले संविधानमा राखेका छौ ।

तर त्यो कुरा आजका दिनसम्म पनि व्यवहारिक रुपमा कायम भईरहेको छैन् । यसको कारणहरु पत्ता लगाएर बाहिर ल्याउने पनि सरकारी मिडियामार्फत जनसमक्ष लान सकियो भने यसले हाम्रो सचेतनाको पक्षमा पनि राम्रो भूमिका खेल्न सक्छ ।’

उनले गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएको भन्दै गोरखापत्रको संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्न आवश्यक भएको पनि बताईन् ।

उनले भनिन्, ‘यसलाई बजारमा स्थापित गर्न नयाँ तरिकाको जनशक्ति, क्रियाकलाप, कार्यक्रमहरु आवश्यक छ । यसमा गम्भीर भएर छलफल गर्न आवश्यक छ ।

गोरखापत्रको संरचनात्मक अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्यन गरि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको व्यवस्थापन र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आएको छ ।’

गोरखापत्रको इतिहास जति गौरवशाली छ वर्तमान र भविष्यमा पनि त्यो प्रतिष्ठा कायम राख्नु सबैको चुनौतीको विषय भएको पनि उनको भनाई छ ।
उनले भनिन्, ‘आम मानिसमा विस्तार हुदैँ गएको सूचनाको पहुँच र प्रवृत्तिको सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्छ ।

नेपालका अखबरे पत्रकारिता आरम्भ गरेको यस गोरखापत्रको इतिहास जति गौरवशाली छ वर्तमान र भविष्यमा पनि त्यो प्रतिष्ठा कायम राख्नु हामी सबैको चुनौतीको विषय पनि हो ।

बजारमा प्रतिस्पर्धी हुनु हाम्रो कर्तव्य छ । सँगसँगै अगुवा पत्रिकाको रुपमा स्थापित गर्न र आन्तरिक व्यवस्थापन सबल बनाउन पनि जरुरी छ ।

आर्थिक र जनशक्ति व्यवस्थापन दुवै हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउन सके गोरखापत्रको भविष्य उज्वल छ ।’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार...

वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५

  काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई...

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...