Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मिडियाले सरकार र जनताबिचको पुलको काम गर्नुपर्छ : संचारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी स्वामित्वका मिडियाहरुले सरकार र जनताबिचको पुलको काम गर्नुपर्ने बताएकी छिन् ।

सोमबार गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सव समारोहमा उनले संविधानमा मौलिक हकमा राम्रो व्यवस्था रहेपनि कार्यान्वयन हुन नसकेको भन्दै यसबारे पनि सरकारी मिडियाहरुले सचेतनाको पक्षमा भूमिका खेल्नुपर्ने बताईन् ।

उनले भनिन्, ‘राज्यबाट सम्पन्न भएका नीति, नियम जनताका बीचमा पु¥याउने र जनताका गुनासा र अपेक्षाहरु सरकारसम्म पु¥याउने गरेर सरकारी मिडियाहरुले आफ्नो भविष्य निर्धारण गर्नुपर्छ ।

हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छौ । जातिय छुवाछुत्, लैङ्गिक समानतालगायतका थुप्रै विषयहरु हामीले संविधानमा राखेका छौ ।

तर त्यो कुरा आजका दिनसम्म पनि व्यवहारिक रुपमा कायम भईरहेको छैन् । यसको कारणहरु पत्ता लगाएर बाहिर ल्याउने पनि सरकारी मिडियामार्फत जनसमक्ष लान सकियो भने यसले हाम्रो सचेतनाको पक्षमा पनि राम्रो भूमिका खेल्न सक्छ ।’

उनले गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएको भन्दै गोरखापत्रको संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्न आवश्यक भएको पनि बताईन् ।

उनले भनिन्, ‘यसलाई बजारमा स्थापित गर्न नयाँ तरिकाको जनशक्ति, क्रियाकलाप, कार्यक्रमहरु आवश्यक छ । यसमा गम्भीर भएर छलफल गर्न आवश्यक छ ।

गोरखापत्रको संरचनात्मक अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्यन गरि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको व्यवस्थापन र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आएको छ ।’

गोरखापत्रको इतिहास जति गौरवशाली छ वर्तमान र भविष्यमा पनि त्यो प्रतिष्ठा कायम राख्नु सबैको चुनौतीको विषय भएको पनि उनको भनाई छ ।
उनले भनिन्, ‘आम मानिसमा विस्तार हुदैँ गएको सूचनाको पहुँच र प्रवृत्तिको सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्छ ।

नेपालका अखबरे पत्रकारिता आरम्भ गरेको यस गोरखापत्रको इतिहास जति गौरवशाली छ वर्तमान र भविष्यमा पनि त्यो प्रतिष्ठा कायम राख्नु हामी सबैको चुनौतीको विषय पनि हो ।

बजारमा प्रतिस्पर्धी हुनु हाम्रो कर्तव्य छ । सँगसँगै अगुवा पत्रिकाको रुपमा स्थापित गर्न र आन्तरिक व्यवस्थापन सबल बनाउन पनि जरुरी छ ।

आर्थिक र जनशक्ति व्यवस्थापन दुवै हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउन सके गोरखापत्रको भविष्य उज्वल छ ।’

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू २० च्याम्पियनसिप : नेपालले घरेलु...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४७

  काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु...

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य (कालीमाटी बजार)

आजको तरकारी र फलफूलको न्यूनतम थोक मूल्य...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको...

वि.सं.२०८२ असार २९ आइतवार ०७:४३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको...

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

वि.सं.२०८२ असार २९ आइतवार ०७:३९

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ...