CG Electronics
IME Life
NIMB

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा

NIMB
Himalayan Bank

 

काठमाडाैं। स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ चाँडै ल्याउने भएको छ। आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रो+ ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीले अपेक्षा राखेको छ।

डिजाईन र डिस्प्ले

रियलमी १२ प्रो+ मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो+ मा १२० हट्जको रिफ्रेस रेट राखिएको छ ।

दमदार पर्फर्मेन्स तथा स्टोरेज

क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो+ मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको र्‍यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।

अत्याधुनिक क्यामेरा

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो +को क्यामरा अति उपयोगी हुन्छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभि ६४ बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगापिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगापिक्सेलको सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो+ मा उपलब्ध छ। यी अत्याधुनि कक्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथाफोर के भिडियो रेकर्डिङ जस्ता फिचरहरु प्रदान गर्दछ।

टिकाउ ब्याट्री तथा सुपर फास्ट चार्जिङ

६७ वाटको सुपरभोक सुपर फास्ट चार्जिङ युक्त ५ हजार एमएएचको ब्याट्रीले गर्दा रियलमी १२ प्रो+ का प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन्। यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर तथा यूएसबी टाईप-सी केबल निःशुल्क पाइन्छ।

नेपालमा रियलमी १२ प्रो+ को १२ जिबी र्‍यामर २५६ जिबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको छ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...