Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

संसद्का दुबै बैठक बस्दै, राष्ट्रिय सभामा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

Machhapuchchhre Bank Limited

 

काठमाडौं । संघीय संसद्को दुबै सदनको बैठक मंगलबार पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आज पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले तीन वटा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

२०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ। उनी पूर्व श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुन्।
यस्तै, नेपाली कांग्रेसका २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

२०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति पनि बैठकमा शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ। रेग्मीको यही जेठ १ गते मंगलबार निधन भएको थियो ।
दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलमा उठेको प्रश्नको जनाफ दिने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, प्रतिनिधि सभामा सभामुखले प्रस्तुत गर्ने तीन जना पूर्व संविधान सभा सदस्य सूर्यमान गुरूङ, प्रतिनिधि सभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रिय सभा सदस्यमा निर्वाचित खगेन्द्रराज रेग्मीको राष्ट्रिय सभामा पनि सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...