CG Electronics
IME Life
NIMB

प्यारामाउन्ट मोटर्स र नबिल बैंकबीच साझेदारी

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालमा विद्युतीय गाडी वुलिङ्गको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले आफ्ना समस्त ग्राहकहरुलाई उत्कृष्ट वित्तिय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ ।

वुलिङ्ग बिङ्गो इभिमा रुचि राख्ने नेपाली ग्राहकहरुको पहुँचमा पुर्याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङ्गले सेनाका उपकरणहरू मर्मत गर्नेदेखि विमान, खेती गर्ने मेसिन र ट्रयाक्टरहरु उत्पादन गर्ने काम गरेको थियो। १९८० को दशकमा मित्सुबिशीसँग साझेदारी गर्दै वुलिङ्गले गाडी उत्पादनमा प्रवेश गरेको थियो ।

२०२० देखि २०२२ सम्म विश्वको सबैभन्दा धेरै बिक्री हुने सानो इलेक्ट्रिक कारको रुपमा ख्याति कमाएका यी गाडीहरु २०२३ को शुरुवातमा १.१ मिलियन भन्दा बढी बिक्री भएको थियो । आज वुलिङ्गले गुआङ्क्सी अटोमोबाइल समूह अन्तर्गत बिजुली र जीवाश्म इन्धन पिकअपहरु र व्यावसायिक सवारीहरु उत्पादन गर्दछ ।

यो साझेदारीसँगै वुलिङ बिङ्गो ईभी खरिद गर्न चाहनेले नबिल बैंकका वित्तीय सुविधा लिन सक्नेछन् । यसअन्तर्गत ७ वर्षसम्मको फ्लोटिङ ऋण र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा समावेश रहेको विज्ञप्तीमा उल्लेख छ । ग्राहकहरूले ५ वर्षको लागि ९.९९ प्रतिशत र ७ वर्षको लागि १०.४९ प्रतिशतको स्थिर ब्याज दर वा आधार दर प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याज दर (१-३ प्रतिशतको प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधार दर) बीच छनोट गर्न सक्ने भनिएको छ ।

बैंकले व्यक्तिगत कर्जाका लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ गर्ने विज्ञप्तीमा भनिएको छ । यसको वित्तीय सीमा २५ लाख रुपैयाँ छ । अटो लोनको अवधि स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फिसहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्ने भनिएको छ ।

वुलिङ्ग नेपाल र नबिल बैंक विद्युतीय सवारी साधन खरिद गर्ने प्रक्रियालाई सहज र लाभदायक बनाउँदै ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छ ।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...