CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकद्वारा महादेवा गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सप्तरी राजविराज स्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्नि पिडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ ।

गत वैशाख १८ गते भएको आगलागी बाट ती परिवारका घर तथा चौपायाहरु जलेर नष्ट भएका थिए । घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएता पनि सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केही दिनको लागी भए पनि सहजता आउने विश्वास बैंकले लिएको छ ।

बैंकका अनुसार पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख, क्लस्टर प्रमुख, राजविराज शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, तेल, सोयाबिन र अन्य लत्ता कपडाहरूमा पाल, सारी तथा गम्छा रहेको छ ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ ।

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५०

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी...

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:४२

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य, नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य,...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:२०

  काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग...