CG Electronics
IME Life
NIMB

आइजीआई प्रुडेन्सियलद्वारा विश्व वातावरण दिवसमा वृक्षा रोपण तथा साइकल -यालि

NIMB
Himalayan Bank

 

काठमाडौँ । आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा आज वृक्षा रोपण तथा साइकल -यालि सम्पन्न गरेको छ ।

कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाण्डौंबाट शुरु गरी नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुंदै पुनः नारायणचौरसम्म साइकल -यालिको आयोजना गरी वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरण मैत्री कार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुंदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारा सहित विश्व वातावरण दिवस भव्य र सभ्यताका साथ मनाइएको हो ।

 

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत कर्मचारीहरु, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाण्डौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधीहरु तथा स्पार्क ग्रुपका प्रतिनिधीको उपस्थिति थियो ।

वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडका कर्मचारीहरुले नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षउल्लासका साकइकल -यालिमा सहभागि भएका थिए ।

उक्त कार्यक्रमको समापन समारोहका अवसरमा सीइओ श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौ, स्वस्थ्य भएर जीवन जीउं भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाण्डौं पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गरे । निर्जीवन बीमाको क्षेत्रमा आइजीआई प्रुडेन्सियल सबैभन्दा ठूलो बीमा कम्पनी हो ।

 

कम्पनीले सम्पत्ती, समूद्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छि, स्वस्थ्य, लघु लगायत थुप्रै विविध बीमाहरु मार्फत देशको सातवटै प्रदेशहरुमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय बीमालेख जारी तथा दावी भुक्तानीलाई सहज र सरल बनाउंदै कम्पनीले अनलाईन बीमा सेवा समेत शुरु गर्र्दै आएको छ ।

उक्त कार्यक्रम सामाजिक क्षेत्रमा कार्य गर्दै आएको लायन्स क्लप अफ काठमाण्डौं पिस आइडल र स्पार्क ग्रुपको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमा लायन्स क्लब अफ काठमाण्डौं पिस आइडलका अध्यक्ष शिव श्रेष्ठले यस्ता कार्यक्रमहरुले युवा वर्गमा वातावरण संरक्षण सहित स्थस्थ्य जीवनशैली तर्फ आकर्षण गर्न मद्धत हुने विश्वास व्यक्त गरे ।

 

कार्यक्रमको अन्तमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्नुहुने, प्रमुख जिल्ला अधिकार–काठमाण्डौं, काठमाण्डौं महानगरपालिका, वडा अध्यक्ष–का.म.न.पा वडा नं १, नेपाल प्रहरी, करुणा अस्पताल, लायन्स क्लप अफ काठमाण्डौं पिस आइडल, स्पार्क ग्रुप लगायत उपस्थित सबैलाई धन्यवाद दिनुभयो । साथै, उक्त अवसरमा कम्पनीका उच्च व्यवस्थापनबाट साइकल ¥यालिमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५०

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी...

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:४२

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य, नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य,...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:२०

  काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग...