Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमाले दियो भन्सार विभागलाई सात बुँदे सुझाव

kumari  bank

 

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासंग भेटगरी भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याहरुका विषयमा छलफल गरेको छ । सो छलफलमा चौधरीले बर्तमान बजेटमा सवारी साधनहरुमा मुल्य अभिबृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे सन्दर्भमा व्यवसायीहरुले मुल्य अभिबृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताएका हुन् ।

सोही छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले जेठ २१ गते मालबस्तु छुटाई जैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राख्दै बर्तमान समयमा सो तोकिएको समयमा भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीहरुको जाचपास गर्न नसकिने बताउनु हुदै सयम थपका लागि आग्रह गरेका थिए ।

उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले भन्सारसंग सम्बन्धित ७ बुंदे लिखित सुझावहरु प्रस्तुत गर्दे टायर लुव्रिकेण्टस जस्ता अटोमोवाइल बस्तुहरुको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरु आयात गर्न सरकारले प्राथमिकता दिनु पर्नु माँग राख्नु हुदै यसबाट देशमा रोजगारी सिर्जना हुने र देश आत्मनिर्भरतर्फ अग्रसर हुने बताए । सोही छलफलमा महासचिव उप्रेतीले नेपाल मै सिकेडी मोडेलमा अटोमोवाइल वस्तुहरु पनि उत्पादन गर्न सकिने भन्नु हुदै भारतबाट अटोमोवाइल कवाडी सामानहरु समेत आयात हुदा व्यवसायमा असर परिरहेको बताएका थिए । सोही क्रममा महासचिव उपे्रतीले एक्जीम कोडको नविकरण अवधि १ बर्षबाट ५ बर्ष पु¥याउने व्यवस्थाका लागि समेत आग्रह गरे ।

सो छलफलमा नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोवाइल वस्तुहरुको अनधिकृत आयात हुने गरेको बताउनु हुदै एअरपोर्ट कुरियर मार्फत पनि नेपालमा अटोमोवाइल कम्पोनेण्टहरु आउने गरेकोले सरकारले सीमामा कडाई गर्नु पर्नेे धारणा राखे । नाडाका हेलमेट समितिका उपसभापती नारायणप्रसाद पौडेलले हेलमेट जस्तो बस्तु जनताको जीवन शुरक्षासंग सम्बन्धित भएकोले नेपालमा गुणस्तरिय हेलमेटहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने र त्यसका लागि विभागले त्यसको गुणस्तर मापन गर्ने यन्त्र समेत राख्नु पर्ने धारणा राखे ।

छलफलको अन्त्यमा महानिर्देशक निरौलाले नेपालका अटोमोवाइल क्षेत्रका समस्याहरुका विषयमा आफु जानकार रहेको र नाडाका सुझावहरु मनननीय रहेको बताउँदै सवारी साधनमा मूल्य अभिबृद्धि कर नलाग्ने व्यवस्था भुलबस भएको बताए । त्यसैगरी आउदो आषाढ मसान्तसम्म भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको जाँचपास गरि दिन अनुरोध गरे । उक्त छलफलहरुमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य नवराज भुषाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक चर्चा, पायो १ लाख अर्डर

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२३

  काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो...

रिड्डारा RD6 EV पिकअप द्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

रिड्डारा RD6 EV पिकअप द्वारा नेपालमा एक्सचेन्ज...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:४६

  काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “EVolve...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुला, श्रावण २१ देखि भृकुटीमण्डपमा आयोजना

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ...

वि.सं.२०८२ वैशाख २४ बुधवार १५:५८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा,...

वि.सं.२०८२ वैशाख २४ बुधवार १३:२६

  काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो काइयी अटो ग्लोबल सम्मेलन २०२५ मा ‘मोस्ट प्रोमिशिंग पार्टनर’ पुरस्कार

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो काइयी...

वि.सं.२०८२ वैशाख १८ बिहीवार १२:३८

    काठमाडौँ, बैशाख १७ गते । नेपालका लागि काइयी...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, भृकुटीमण्डपमा एक्सचेन्ज अफर र अन द स्पट फाइनान्स सुविधा

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना,...

वि.सं.२०८२ वैशाख १६ मंगलवार १९:२१

  काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड...