IME Life
NIMB

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमाले दियो भन्सार विभागलाई सात बुँदे सुझाव

NIMB
Himalayan Bank

 

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासंग भेटगरी भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याहरुका विषयमा छलफल गरेको छ । सो छलफलमा चौधरीले बर्तमान बजेटमा सवारी साधनहरुमा मुल्य अभिबृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे सन्दर्भमा व्यवसायीहरुले मुल्य अभिबृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताएका हुन् ।

सोही छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले जेठ २१ गते मालबस्तु छुटाई जैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राख्दै बर्तमान समयमा सो तोकिएको समयमा भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीहरुको जाचपास गर्न नसकिने बताउनु हुदै सयम थपका लागि आग्रह गरेका थिए ।

उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले भन्सारसंग सम्बन्धित ७ बुंदे लिखित सुझावहरु प्रस्तुत गर्दे टायर लुव्रिकेण्टस जस्ता अटोमोवाइल बस्तुहरुको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरु आयात गर्न सरकारले प्राथमिकता दिनु पर्नु माँग राख्नु हुदै यसबाट देशमा रोजगारी सिर्जना हुने र देश आत्मनिर्भरतर्फ अग्रसर हुने बताए । सोही छलफलमा महासचिव उप्रेतीले नेपाल मै सिकेडी मोडेलमा अटोमोवाइल वस्तुहरु पनि उत्पादन गर्न सकिने भन्नु हुदै भारतबाट अटोमोवाइल कवाडी सामानहरु समेत आयात हुदा व्यवसायमा असर परिरहेको बताएका थिए । सोही क्रममा महासचिव उपे्रतीले एक्जीम कोडको नविकरण अवधि १ बर्षबाट ५ बर्ष पु¥याउने व्यवस्थाका लागि समेत आग्रह गरे ।

सो छलफलमा नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोवाइल वस्तुहरुको अनधिकृत आयात हुने गरेको बताउनु हुदै एअरपोर्ट कुरियर मार्फत पनि नेपालमा अटोमोवाइल कम्पोनेण्टहरु आउने गरेकोले सरकारले सीमामा कडाई गर्नु पर्नेे धारणा राखे । नाडाका हेलमेट समितिका उपसभापती नारायणप्रसाद पौडेलले हेलमेट जस्तो बस्तु जनताको जीवन शुरक्षासंग सम्बन्धित भएकोले नेपालमा गुणस्तरिय हेलमेटहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने र त्यसका लागि विभागले त्यसको गुणस्तर मापन गर्ने यन्त्र समेत राख्नु पर्ने धारणा राखे ।

छलफलको अन्त्यमा महानिर्देशक निरौलाले नेपालका अटोमोवाइल क्षेत्रका समस्याहरुका विषयमा आफु जानकार रहेको र नाडाका सुझावहरु मनननीय रहेको बताउँदै सवारी साधनमा मूल्य अभिबृद्धि कर नलाग्ने व्यवस्था भुलबस भएको बताए । त्यसैगरी आउदो आषाढ मसान्तसम्म भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको जाँचपास गरि दिन अनुरोध गरे । उक्त छलफलहरुमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य नवराज भुषाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय गाडी बजारमा बढ्दै चर्चा

एक्स्पोअघि नै काठमाडौंमा देखियो चेरी क्यू, विद्युतीय...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४०

  काठमाडौं । नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै चेरी...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...