IME Life
NIMB

राजस्व चुहावट र छली रोक्न विशेष अभियान थाल्ने

NIMB
Himalayan Bank

काठमाडौँ । सरकारले राजस्व चुहावट र छली रोक्न विशेष अभियान थाल्ने भएको छ। सरोकारवाला र सम्बन्धित भूमिकामा रहेका निकायहरूबीच आवश्यक समन्वय गर्दै बिशेष अभियान थालिने राजस्व अनुसन्धान बिभागले जनाएको छ।

राजस्व छली र चुहावट गर्नेले विभिन्न नयाँनयाँ उपायहरू अपनाउने गरेको पाइएकाले त्यसलाई रोक्न सोही अनुसारकै नवीन रणनीति आवश्यक पर्ने विभागको ठहर छ ।विभागले नवीन रणनीति बनाएर चुहावट रोक्न विशेष अभियान थाल्नेगरी समन्वत्यक पहल र छलफल थालेको हो ।

विभागका महानिर्देशक चक्रबहादुर बुढाको संयोजकत्वमा बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि कम्तीमा दुई महिनाको एकपटक आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरू र सरोकारवालाबीचको बैठक राखेर आवश्यक रणनीति तयार गरी सोहीअनुसार राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न टोलीहरू परिचालन गर्ने निर्णय गरेको छ ।

विभागका सूचना अधिकारी नवराज अधिकारीले आर्थिक सुशासन कायम गरी राज्यको दिगो विकास अवधारणामा टेवा पुर्याउने उद्देश्यले राजस्व अनुसन्धान विभागको सक्रियतामा राजस्व चुहावट रोक्ने भूमिकामा रहेका राज्यका सरोकारवाला निकायहरू समन्वत्यक रूपमा परिचालन हुने गरी आवश्यक प्रयास थालिएको जानकारी दिए।

बैठकले नेपाल प्रहरी, शसस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र सम्बन्धित विभागबीच समन्वय गर्नका लागि फोकल पर्सन तोक्ने र सोहीअनुसार आवश्यक टिमहरू परिचालन गरी राजस्व चुहावट नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।

यसै गरी बैठकले विभिन्न निकायहरूले पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पेस गर्ने मालवस्तुको विषयमा विभागमा बुझाउनुभन्दा पहिला महानिर्देशकलाई जानकारीदिनुपर्ने साथै प्रतिवादीहरू पक्राउ गरी ल्याउँदा २४ घण्टाभित्र मुद्दा हेर्दै अधिकारीसमक्ष पेस गर्न सकिने गरी समायावधि राखेर ल्याउन अनुरोध गर्ने निर्णय समेत गरेको छ।

बैठकले राजस्व चुहावटको नियन्त्रणका लागि राजस्व प्रहरी इकाईमा कार्यरत सशस्त्र प्रहरी बलका जनशक्तिलाई कार्यालय समयबाहेक राजस्व अनुसन्धान विभागका निर्देशकले महिनाको एक दिन प्रशिक्षण कार्यक्रम नियमित रूपमा दिने निर्णयसमेत गरेको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...