CG Electronics
IME Life
NIMB

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

NIMB
Himalayan Bank

 

 

काठमाडौं । वाइ वाइ चाउचाउले दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्नका लागि ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक गरेको छ ।

नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप सिजीले ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हो । सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

वाइ वाइको विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमीहरूमा थप उत्साह ल्याउने विश्वास पनि कम्पनीको छ ।

यसका साथै, वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरी र क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदीप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि नै वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरूप सुपर-८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत १ हजार, प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरी सकेको छ ।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...