Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सेयर बजारमा हरियाली, कारोबार साढे ५ अर्ब नाघ्यो

Machhapuchchhre Bank Limited

 

साताको तेस्रो दिन सेयर बजारमा हरिायली छ । सेयर सूचकमा दोहोरो अंकको बढोत्तरी छ भने कारोबार रकम उल्लेख्य बढेको छ ।

सबै उपसमूहमा सेयरमूल्य बढ्दा सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुगेको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ ।

सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँमा किनबेच भएको थियो । यसअघि आइतबार ४.५९ अंक झिनो गिरावटमा नेप्से २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ५ अर्ब १८ करोड ९० लाख रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार जलविद्युत २.५८, जीवन बीमा २.४०, निर्जीवन बीमा २.१९, जलविद्युत २.५८ र व्यापार उपसमूह २.१२ प्रतिशतले बढेका छन् ।
२०३ कम्पनीको सेयरमूल्य बढ्दा वरुण हाइड्रोपावर, ग्रीन भेञ्चर्स, कुथेली बुखारी साना जलविद्युत र भगवती हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक फाइदामा रहे । चारै कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ ।

माथिल्लो हेवाखोला हाइड्रोपावर र एनआरएन इन्फ्रस्ट्रक्चरको सेयर पनि उल्लेख्य बढेको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर साताको तेस्रो दिन पनि पहिलो नम्बरमा छ । उक्त कम्पनीको सेयर ३६ करोड ३० लाख रुपैयाँको किनबेच भएको छ । यस्तै माउन्टेन इनर्जीको २३ करोड १७ लाख, ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

४१ कम्पनीको सेयरमूल्य घट्दा सामलिङ पावर कम्पनीका लगानीकर्ता ५.८१ प्रतिशत नोक्सानमा रहे । दुई कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।

 

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको...

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२३

  काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल...