CG Electronics
IME Life
NIMB

सिटिजन्स क्यापिटलको अध्यक्ष तथा संचालक नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन्स क्यापिटल लिमीटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् ।
क्यापिटलको मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित भई अध्यक्षको रुपमा कार्यरत पारसकुमार काफ्लेको निधन भई रिक्त रहन गएको अध्यक्ष पदमा असार १३ गते बसेको संस्थाको १२५ औं संचालक समितिको बैठकले संचालक सदस्य रहेका राजेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

साथै, उक्त बैठकले रिक्त रहन आएको एक संचालक पदका लागि मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित भई आएका नारायणराज अधिकारीलाई नियुक्ति गरेको छ ।

सो बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट अन्य संचालक प्रमेशराज कायस्थ, कर्मचारी सञ्चयकोष तर्फबाट सुवाष खड्का, स्वतन्त्र संचालकहरु अभिजित मुल, ज्योत्सना बोहोरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति थियो ।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रवद्र्धन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन(पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता(अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमतिप्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...