आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्दैछौं : अर्थमन्त्री
Friday Jul 05, 2024
वि.सं.२०८१ असार २१ शुक्रवार २२:२३
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपालको कृषिको रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले चालु बजेटमा आलु प्याज लगायतमा लगाएको भ्याट हटाई आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको उल्लेख गर्दै त्यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हामीले आफ्नो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर अहिले बजेट मार्फत चालु बजेटमा भ्याट लगाईएको थियो । प्याज आलुका आदीमा तर यसपटक त्यो भ्याट हटाईयो । भ्याटको सिदान्त आन्तरिक र बाह्य जहाँ उपयोग हुन्छ त्यहाँ भ्याट लाग्ने कुुरा हुन्छ । तर त्यो हटाईयो । हामीले आफ्नो आन्तरिक उत्पादनलाई नीतिगत रुपले संरक्षण गर्ने कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको छ । यसले कृषिको आधुनिकिकरणमा योगदान पुग्छ भन्ने सरकारको विश्वास छ ।’ उनले सरकारले पाँच वटा रुपान्तरण क्षेत्रमध्ये आईटी क्षेत्रलाई अगाडि सारेको र गएको वर्ष ६६ अर्बको निर्यात गरिसकेकोमा यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुने उनको दाबी छ ।