CG Electronics
IME Life
NIMB

सनसिल्कसँग क्रिएटर अनर्स

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । हेयर केयर ब्रान्ड सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी तथा फेसन विधाहरूका ट्यालेन्टहरूलाई स्पट लाइट गर्ने एक जीवन्त अवार्ड समारोह, सनसिल्क प्रिजेन्ट्स क्रिएटर अनर्स प्रस्तुत गरेको छ ।

 

यो कार्यक्रमले लाइफस्टाइल, ब्युटी र फेसन उद्योगबाट विभिन्न सहभागीहरूलाई एकै ठाउँमा ल्याएर आफ्ना सीपहरू प्रदर्शन गर्न इन्फ्लुएन्सरहरूको लागि एक अद्वितीय प्लेटफर्मको रूपमा प्रस्तुत भएको हो ।

क्रिएटर अनर्सको उद्देश्य उदीयमान र स्थापित इन्फ्लुएन्सरहरूलाई उत्प्रेरित गर्ने र उचाल्नु रहेको थियो ।

उनीहरूलाई चम्कने अवसर प्रदान गर्दै तिनीहरूको रचनात्मक प्रयासहरूलाई मान्यता दिनु रहेको कम्पनीले जनाएको छ ।

यस वर्षको क्रिएटर अनर्सको शीर्षक प्रायोजकको रूपमा, सनसिल्कले जीवनशैली र फेसन विधामा उत्कृष्ट प्रदर्शन गर्ने इन्फ्लुएन्सरहरूलाई मान्यता दिएको थियो ।

सनसिल्कको संलग्नताले नयाँ सम्भाव्यताहरू खोल्ने र विस्तार गर्ने र कसैको पूर्ण क्षमतालाई बाहिर निकाल्ने ब्रान्डको मिशनलाई जोड दिएको जनाएको छ ।

दुवै ब्रान्ड र समारोहले इन्फ्लुएन्सरहरूको प्रयासको कदर गर्ने, सीमाहरू तोड्ने र इन्फ्लुएन्सरहरूको रचनात्मकतालाई बढावा दिने प्रतिबद्धता जनाएका छन् ।

असार २४ गते भएको यस अवार्ड समारोहको ग्रान्ड फिनालेमा आफ्नो आकर्षक वातावरण र दृश्यका लागि परिचित, पेन्टहाउस रुफटप बार एण्ड लाउन्जमा भएको थियो ।

विभिन्न विधामा विजेता घोषणा भएपछि साँझ उत्साहले भरिएको थियो । कार्यक्रमले प्रतिभाशाली व्यक्तिहरूको उपलब्धिलाई मान्यता मात्र होइन, सञ्जाल र प्रेरणाको लागि एक प्लेटफर्म पनि प्रदान गरेको छ ।

यसले नेपालमा इन्फ्लुएन्सर समुदायलाई समर्थन र उत्थान गर्ने सनसिल्कको समर्पणलाई थप बलियो बनाएकोसमेत कम्पनीको निचोड छ ।

प्रत्येक विधाका विजेताहरू यस प्रकार छन् –
राइजिंग स्टार – स्विटि डङ्गोल
ब्रेकथ्रु कन्टेन्ट – भावना रेग्मी
सनसिल्क बर्न टु साइन – सिम्रन श्रेष्ठ
बेस्ट ब्राण्ड कोलाबोरेसन् – विजया प्रधान
बेस्ट युज अफ ट्रेन्ड – सिद्धार्थ तामाङ
बेस्ट अडियो÷भिजुवल – करिश्मा श्रेष्ठ
फलोवर लभ – प्रजिता श्रेष्ठ

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...