सिटिजन्स् बैंक र दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बीच समझदारी
![Icon Icon](https://aarthikplus.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
Friday Jul 26, 2024
वि.सं.२०८१ साउन ११ शुक्रवार ००:००
![image image](https://aarthikplus.com/wp-content/uploads/2024/07/citizan.jpg)
काठमाडौं । सिटिजन्स बैंक र दूषित थानी हिमालयन रिर्सोट धुलिखेलबीच समझदारी भएको छ ।
बैंक र धुलिखेलको काभ्रेपलान्चोकमा रहेको दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।