Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको लामो समयदेखिको सम्बन्धलाई औंल्याउदै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् ।

नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग सोमबार नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा भएको भेटमा ढकालले नेपाल र थाइल्यान्डबीचको मित्रता र सहकार्यको लामो इतिहास रहेको र व्यापारिक सम्बन्धहरूले यस दिगो सम्बन्धलाई प्रमाणित गरेको बताए । ढकालले विगत वर्षदेखि नेपाल र थाइल्याण्डबीचको व्यापारको मात्रामा निरन्तर वृद्धि भएको र सन् २०२३ मा द्विपक्षीय व्यापार करिब १५ करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै यसले दुवै राष्ट्रका लागि सम्भावना र अवसरहरूको सङ्केत गरेको बताए ।

ढकालले नेपाल र थाइल्यान्डबीचको सहकार्य अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा जोड दिएका थिए । उनले नेपाल चिया, कफी र जडिबुटी जस्ता उच्च गुणस्तरका कृषि उत्पादनमा धनी भएको र थाइल्यान्डको उन्नत खाद्य प्रशोधन प्रविधिको सदुपयोग गरेर यी उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउन सक्ने बताए ।

ढकालले नेपाल र थाइल्यान्ड दुवै देशका आ–आफ्ना छुट्टै र विविधतायुक्त पर्यटकीयस्थलका लागि प्रख्यात भएकाले दुवै देशले संयुक्त बजारीकरण अभियान र दुवै देशका गन्तव्यलाई समेट्ने पर्यटन प्याकेजको विकास गरी थप पर्यटक भित्र्याउन र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सकिने बताए ।

भेटमा सुचिरा पञ्चनाले थाइ ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको बताइन् । उनले व्यापार मेला तथा गोष्ठी आयोजना गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग सहयोगको अपेक्षा रहेको बताईन ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...