Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छ : बैद्य

 

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजि क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि बिरगंजमा आयोजित तीन दिने तालिमको बुधबार उद्धघाटन समारोहमा बैद्यले सो कुरा राखेका हुन् । बैद्य सो उद्धघाटन समारोहका प्रमूख अतिथि थिए ।

उद्धघाटन कायक्रममा बोल्नु हुँदै प्रमुख अतिथि सुरकृष्ण बैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरुलाई स्याहार काम के हो, यसको अर्थतन्त्रमा योगदान बिषयबारे जानकरी गराउनका साथै स्याहार म्यानुअलका लागि सुझाव संकलन गर्नु रहेको बताउनु भएको थियो । त्यस्तै, स्याहार कामको लागि बैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भएता पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको र अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकार संगसंगै निजि क्षेत्र र यसका सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहेकाले अन्तरास्ट्रिय श्रम सङ्गठको सशक्त महिला सम्बृद्ध नेपाल परियोजाना संगको सहकार्यमा मदेश, कर्णाली र सुदुरमश्चिम प्रदेशहरुमा कार्यक्रम गरिदै आईरहेको बारे बताउनु भयो ।

त्यसैगरि, अन्तरास्ट्रिय श्रम संगठन नेपालका अक्साना लिप्कानुले परियोजनाको शिर्षकले नै सशक्त महिला सम्बृद्ध नेपाल शिर्षकले नै महिला तथा बालिका केन्द्रित रहेको जस्तो देखिएता पनि त्यो नभएर श्रम बजार र व्यवसायको प्रवर्द्धन पनि रहेको बारे प्रस्ट्याउनु भएको थियो । त्यसैगरी, महासंघका केन्द्रीय सदस्य तथा ब्यापार समिति सदस्य सुबोध गुप्ताले बीरगंज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकोले त्यसको सुनिश्चित नहुँदा उनीहरुको जीविकोपार्जनमा असर परेको बारेमा बताउनु भयो । कार्यक्रमका अर्का वक्ता महासंघका केन्द्रीय सदस्य एवं कृषी उधम केन्द्रका सभापति डीबी बस्नेतले स्याहार कामको गणना आफ्नै घरबाट सुरुहुन पर्ने बिषय भएको बताउनु भएको थियो ।

तीन दिने तालिम उद्धघाटन कार्यक्रम नेउवामहासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रदेश अध्यक्षका तर्फबाट सबै सहभागीहरुलाई स्वागत गर्नुहुँदै यी र यस्ता पैरवीका कार्यक्रमहरु संगै सरकार र महासंघले श्रम संरक्षणका कार्यक्रमलाई पनि महत्तोदिन पर्नेमा जोडदिनु भएको थियो भने कार्यक्रमको उद्देश्य बारे महासंघका सहायक निर्देशक हरि पौडेल र अन्तरास्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय परियोजना संयोजक कृपा बस्न्यातले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा जिल्ला नगर उद्योग वाणिज्य संघ, ब्यवासायीक प्रथिस्थानका साथै श्रम रोजगार कार्यालय, बिरगंज नगरपालिकाबाट झन्डै करिब ६५ जनाको उपस्थिति रहेको थियो ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...