BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री भण्डारीको आग्रह

 

काठमाडौँ, २३ साउन।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ ।

कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको मन्त्रिस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनलाई सम्बोधन गदै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य शृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पु¥याउन तथा सहयोग बढाउन आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “यो शिखर सम्मेलन सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरूबीचको बहुआयामिक साझेदारी, बलियो सहकार्य, पारस्परिक विश्वास र ऐक्यबद्धतामार्फत बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय शान्ति, स्थिरता र आर्थिक समृद्धि हासिल गर्ने हाम्रा अटल प्रतिबद्धता र साझा लक्ष्यहरूको वास्तविक पुनःस्थापना हो ।”

यो फोरम क्षेत्रभित्र व्यापार, लगानी, पर्यटन र ‘कनेक्टिभिटी’जस्ता क्षेत्रमा नेटवर्किङ र व्यापार सहयोग सुधार गर्न सहायक हुने मन्त्री भण्डारीले बताउनुभयो । “हामीले व्यापार, लगानी, दिगो कृषि अभ्यास, कनेक्टिभिटी, ऊर्जा र वातावरणीय सुरक्षा तथा जलवायु परिवर्तनका लागि अनुकूलन र न्यूनीकरण रणनीतिमा सुधारिएको सहयोगलाई प्राथमिकता दिनुपर्छ, बिम्स्टेकभित्रका हाम्रा सामूहिक प्रयासहरूले विविध र जीवन्त क्षेत्रको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने र साझा वृद्धि तथा विकासका अवसरहरूलाई बढावा दिने शक्ति छ”, उहाँले भन्नुभयो ।

सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, थोरै रोजगारी सिर्जना गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्नसक्ने मन्त्री भण्डारीको भनाइ थियो । उहाँले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलन अघि पछिल्ला वर्षहरूमा लगानी र व्यवसायसँग सम्बन्धित प्रक्रिया पनि सुव्यवस्थित र समग्र प्रक्रियालाई सरलीकृत गरिएको उल्लेख गर्नुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “प्राविधिक विकास, व्यापार गतिशीलता परिवर्तन र विकसित उपभोक्ता प्राथमिकताहरू सबैले विश्वव्यापी आर्थिक परिदृश्यमा द्रुत परिवर्तनमा योगदान पु¥याएको छ, क्षेत्रीय व्यापार र लगानी सम्झौताहरू यी परिवर्तनको राम्रोसँग सामना गर्न महत्वपूर्ण छन्, यस सन्दर्भमा, बिम्स्टेकले यस क्षेत्रको दिगो आर्थिक वृद्धिका लागि सहकार्य, आविष्कार र अनुकूल वातावरण सिर्जना गर्न हाम्रा लागि महत्वपूर्ण थलोका रूपमा काम गरिरहनेछ ।”

नेपाल प्रचुर प्राकृतिक स्रोत, लाभदायक स्थान, विविध सांस्कृतिक सम्पदा, अनुकूल जलवायु र बढ्दो प्रतिस्पर्धात्मक मानव पुँजीले सम्पन्न रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले यी सबै कारणले नेपालमा लगानी र व्यापारका लागि अवसर रहेको बताउनुभयो ।

उहाँले नेपाल सरकारले आफ्ना छिमेकी र बाहिरका मुलुकसँग व्यापार, लगानी र सम्पर्क प्रवद्र्धन गर्न निरन्तर नीतिगत सुधार गरेको जानकारी गराउनुभयो । यो बिम्स्टेक व्यापार शिखर सम्मेलनले बजार पहुँच, मूल्य शृङ्खला एकीकरण, निजी क्षेत्रको वृद्धि र सार्वजनिक–निजी साझेदारीमा वृद्धि गर्नका लागि ठोस नतिजा प्रदान गर्ने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो ।

भूपरिवेष्टित देशका रूपमा नेपालले विभिन्न समस्याको सामना गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मूलतः वैदेशिक व्यापारमा नेपालजस्तो भूपरिवेष्टित देशको पारवहन अधिकारका लागि हाम्रा छिमेकी तथा अन्य मित्र राष्ट्रहरूले निरन्तर सहयोग र ऐक्यबद्धता देखाएकामा हामी प्रशंसा गर्छौं, साना र भूपरिवेष्टित अर्थतन्त्रका लागि बिम्स्टेकले विशेष ध्यान दिनेछ भन्नेमा हामी आशावादी छौँ ।”

बङ्गालको खाडी क्षेत्रमा दिगो विकास र समृद्धिका हाम्रा साझा लक्ष्य हासिल गर्न बिम्स्टेकभित्र उत्पादनशील, जनकेन्द्रित र कार्यमुखी सहकार्यका लागि नेपाल सरकारका तर्फबाट मन्त्री भण्डारीले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले बिम्स्टेक क्षेत्रको परिकल्पना गरेका छौँ, जुन आर्थिक रूपमा उन्नत, भौतिक रूपमा एकीकृत, प्राविधिक रूपमा नवप्रवर्तनशील, पारिस्थितिक रूपमा लचिलो र विविधताका लागि सामाजिक–सांस्कृतिक रूपमा खुला छ ।” सम्मेलन मङ्गलबारदेखि सुरु भएको हो ।

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न...

वि.सं.२०८१ भदौ ३१ सोमवार १५:२१

कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’ काठमाडौं ।...

विश्व बैंकले काठमाडौं उपत्यकामासँग सहकार्य गरे राम्रो सन्देश जान्छ : मन्त्री सिंह

विश्व बैंकले काठमाडौं उपत्यकामासँग सहकार्य गरे राम्रो...

वि.सं.२०८१ भदौ ३१ सोमवार १५:१७

  काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र...

मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:१६

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका...

बुढानीलकण्ठमामा खुल्यो पाँचतारे होटल, प्रधानमन्त्रीले गरे उद्घाटन

बुढानीलकण्ठमामा खुल्यो पाँचतारे होटल, प्रधानमन्त्रीले गरे उद्घाटन

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे...

प्रधानमन्त्री हुँदा प्रचण्डले नगरेको काम पूर्वमन्त्री पाण्डेले यसरी गराए

प्रधानमन्त्री हुँदा प्रचण्डले नगरेको काम पूर्वमन्त्री पाण्डेले...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०९:५१

प्रचण्ड सरकारमा राप्रपा सहभागी हुँदाका राप्रपाका मन्त्री र तत्कालिन प्रधानमन्त्री...

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक...

वि.सं.२०८१ भदौ ३१ सोमवार ०९:०९

काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न आज संवैधानिक परिषद्को...