Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन आवश्यक, सम्पर्क राख्न कम्पनीको आग्रह

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपाली बजारमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ग्राहक वर्गको सुरक्षालाई ध्यानमा राखेर विभिन्न मोडलका गाडीहरुमा एयरब्याग परिवर्तन गरिदिने भएको छ ।

नेपाली बजारमा बिक्री भएका सन् २००१ देखि २०१४ मोडल सम्मका सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट र अकोर्ड गाडीहरुमा भएका टकाटा एयरब्याग रिकल गरिने भएको हो ।

यी मोडलका गाडीमा भएका एयरब्याग कुनै शुल्क नलिई परिवर्तन गरिदिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले जानकारी दिए ।

धेरै कारहरुमा सुरक्षाका लागि एयरब्याग राखिएको हुन्छ । दुर्घटना भएको अवस्थामा एयरब्याग फुकिएर चालक वा यात्रुलाई सुरक्षा प्रदान गर्ने काम एयरब्यागले गर्छ ।

एयरब्यागको मुटु भनेको इन्फ्लेटर हो, जसमा प्रोपेलेन्ट वेफर्सले भरिएको मेटल क्याट्रिज हुन्छ । यदि एयरब्याग फुटेमा त्यसबाट निस्कने मेटलले चालक तथा सहचालकलाई नराम्रो क्षति गर्न सक्छ । यसका कारण मानिसको ज्यान समेत जान सक्छ ।

अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसनका अनुसार २०२४ को जुन ३० सम्म यसका कारण २७ जनाको मृत्यु भइसकेको छ भने ४०० जना घाइते भएका छन् ।

यी सबै तथ्यलाई मनन गरी क्षति न्यूनीकरणका लागि एयरब्याग निर्माता कम्पनी टकाटाले एयरब्याग परिवर्तन गरिदिने गरेको छ । त्यसै अनुसार नेपालमा पनि एयरब्याग परिवर्तन गर्ने अभियान चलाएको श्रेष्ठले बताए ।

नेपालमा चलिरहेका होन्डा कार एयरब्याग रिकल गर्नुपर्ने छ वा छैन भन्ने कुरा थाहा पाउनका लागि होन्डाको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ । त्यसैगरी कम्पनीको धोबिघाटस्थित सर्भिस सेन्टमा सम्पर्क गरेर पनि थाहा पाउन सकिने कम्पनीको भनाइ छ ।

हाल नेपालमा चलिरहेका करिव ७०० होन्डा गाडीहरुमा टकाटा एयरब्याग प्रतिस्थापन गर्नुपर्ने अवस्था छ । यी मध्ये लगभग २०० गाडीहरुमा एयरब्याग परिवर्तन गरिएको छ । बाँकी गाडीहरुमा प्रतिस्थापन कार्य अझै बाँकी छ ।

बाँकी गाडीहरुमा पनि सम्पर्क गरी टकाटा एयरब्याग परिवर्तन गरिने होन्डा कारका अपरेसन म्यानेजर बिदिस पोखरेलले जानकारी दिए ।

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा दिगो प्रतिबद्धता बलियो बनाउदै

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:१८

  काठमाडौं ।  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले...

नाडा र भन्सार विभागबीच बजेट सम्बन्धी छलफल

नाडा र भन्सार विभागबीच बजेट सम्बन्धी छलफल

वि.सं.२०८१ चैत ६ बुधवार २३:५९

  काठमाडौं। नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) को एक प्रतिनिधि...

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा एड्भान्स्ड ब्याट्री रिसाइक्लिङका साथ दिगो प्रतिबद्धता बलियो बनाउदै बीवाईडी

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा एड्भान्स्ड ब्याट्री रिसाइक्लिङका...

वि.सं.२०८१ चैत ५ मंगलवार ०९:१५

  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री...

जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक

जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक...

वि.सं.२०८१ चैत ४ सोमवार ०७:५०

  काठमाडौं। स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने उद्देश्यले जगदम्बा...

पन्चकन्या ग्रुपद्वारा भोल्भो ईसी २२० एक्स्काभेटर नेपाली बजारमा लन्च

पन्चकन्या ग्रुपद्वारा भोल्भो ईसी २२० एक्स्काभेटर नेपाली...

वि.सं.२०८१ चैत ३ आइतवार २०:३३

काठमाडौं । नेपाली बजारमा एउटा पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो...

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता...

वि.सं.२०८१ चैत २ शनिवार २१:४२

काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा...