CG Electronics
IME Life
NIMB

मणिपालमा केयर गिभर तालिमको दोश्रो ब्याच सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

पोखरा। नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरामा तीन महिने ‘केयरगिभर तालिम’ को दोश्रो ब्याज सुरु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीइभिटी) बाट स्वीकृत प्राप्त ‘केयरगिभर तालिम’ कम्तिमा आठ कक्षा उत्तीर्ण गरी १८ वर्ष उमेर पुगेकाहरूले सहभागि हुन पाउने गरी सुचना प्रकाशन गरिएको र आवेदन आएकामध्ये प्रवेश परीक्षा तथा अन्तर्वाताका माध्यमबाट छनोट गरिएको हो। तालिममा पोखरा तथा पोखरा बाहिरका प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।

तालिमको उदेश्य सम्बन्धित क्षेत्रमा शिपमुलक जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने रहेको अस्पतालका नर्सिङ डाइरेक्टर वरुणा पौडेलले बताइन्।

यसको साथसाथै हाल अस्पतालमा क्रीटिकल केयर नर्सिङको पनि तालिम चलिरहेको छ । अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएसनअफ नेपाल(सीसीनान) सँगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी, एमएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि क्रिटिकल केयर नर्सिङ तालिम सन्चालन गर्दै आइरहेको छ ।

अस्पतालका निर्देशक डा अभिषेक मास्केका अनुसार अस्पताल, नर्सिङ होम, होम केयर जस्ता सस्थाहरुमा गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले यो तालिमको ठुलो भूमिका रहेको छ । यति मात्र नभइ यो तालिमले आफुलाई स्वदेशमा मात्र नभइ बिदेशमा पनि रोजगारीका अवसरहरु प्राप्त गर्न सक्षम बनाउन मद्दत गर्नेछ ।

मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले सहभागीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै उचित उपचार, स्वास्थ्य सेवा र स्वास्थ्य कर्मचारीहरुको आवश्यकतालाई मध्यनजर गर्दै मणिपाल शिक्षण अस्पतालले समय–समयमा विभिन्न तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...