CG Electronics
IME Life
NIMB

अब नबिल बैंकको मोबाइल एपबाट नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । नमस्ते पे र नबिल बैंकबीच प्रयोगकर्ताहरूलाई नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत सिधे नमस्ते पे वालेटमा पैसा लोड गर्न सक्ने सेवा प्रदान गर्ने समझदारी भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रमबीच नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छे र नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्माले समझदारी पत्रमा हस्ताक्षर गरे ।

नबिल बैंक र नमस्ते पे बीचको यो साझेदारीले प्रयोगकर्ताहरूलाई आफ्नो नमस्ते पे मोबाइल वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एपबाट सहज रुपमा पैसा लोड गर्न सक्ने सुविधा प्रदान गर्दछ ।
नमस्ते पे प्रयोगकर्ताहरूले अब नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत सहज तरिकाले आफ्नो आवश्यकता अनुरुप पैसा लोड गरी विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

नमस्ते पे र नबिल बैंक बीचको यो साझेदारीले डिजिटल भुक्तानी सेवाहरूमा सुविधाको विस्तार गरी उपभोक्ता अनुकुल सेवा प्रदान गर्न नमस्ते पेको प्रतिबद्धतालाई जोड दिन्छ।

नमस्ते पे सधै नयाँ सेवाहरू जस्तै: यूएसएसडी (अफलाइन) मोड, स्प्लिट बिल, र रिक्वेस्ट मनि जस्ता सुविधाहरू प्रस्तुत गर्न अग्रणी रहेको छ। यी अपडेटहरू नमस्ते पे को डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न गरिएको निरन्तर प्रयासको एक हिस्सा रहेको कम्पनीले जनाएको छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीले उल्लेख गरेको छ ।

जस अनुरुप ५००# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध रहेको पनि नमस्ते पेले जनाएको छ ।

नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले यूएसएसडी (अफलाइन) सेवाहरूसमेत प्रयोग गर्न सक्नेछन् ।

 

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...