Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

एनसेलका सबै मोबाइल नम्बरले देशभित्र र बाहिर रोमिङका बेलामा एसएमएस अलर्ट र ओटीपीहरु पाउँछन्’

 

काठमाडौं। एनसेलका सबै मोबाइल नम्बर÷ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरुले पठाएका वान टाइम पासवर्डहरु (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरु आफ्नो मोबाइलमा प्राप्त गर्न सक्छन्।

यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरुले विशेष गरि केवाईसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायहरुलाई ठूलो महत्व राख्दछ।

विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकहरूले एप्लिकेशन टू पर्सन (एटूपी) म्यासेजहरु जस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्ने गर्दछन् ।

यस्ता ओटीपी, एसएमएस र नोटिफिकेशनहरु सरकारी निकायहरु, अर्ध–सरकारी निकायहरु, बैंक तथा वित्तिय संस्थाहरु, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्थाहरु र गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् ।

“हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन । हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैं अन रहेको देखाउँछ,” एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने ।

“सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए । हामी पुनः स्पष्ट पार्न चाहन्छौं की ती समस्याहरु विभिन्न प्रमुख सेवा प्रदायकहरूको दु्रत समझदारीका साथ समाधान गरिसकिएका छन् । उदाहरणका लागि एनसेलका ग्राहकहरुले आन्तरिक राजश्व कार्यलय, नेपाल विद्युत प्राधिकरण, बैंक तथा वित्तिय संस्थाहरु र विभिन्न सामाजिक सञ्जालहरुबाट ओटीपी प्राप्त गर्दै आएका छन् ।”

एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाईका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरु यस्ता जानकारी तथा सूचनाहरु प्राप्त गर्न योग्य रहेको बताएको छ ।

साथै एनसेलले अन्य सर्ट–कोड संचालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।

“केही सर्ट–कोड संचालकहरू वा सेवा प्रदायकहरू हुन सक्छन् जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनभिज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरुलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकुल बनाउन अनुरोध गर्दछौं । सबै एनसेलका नम्बर सिरिजहरू लोकल आगमन कल र अन्तर्राष्ट्रिय कलहरूको लागि पनि पहुँच योग्य छन्,” मोहसिनले भने ।

यसबाहेक, केही समस्या भए ग्राहक र सर्ट कोड संचालकहरुले एनसेल कस्टमर केयर वा इन्टरप्राइज टोलीसँग सम्पर्क गरेर आफ्नो कुरा राख्न सक्छन् ताकि सम्बन्धित विषयमा कम्पनीले समस्या समाधानका लागि हेर्न सकोस् ।

साथै, ९७० नम्बर रेन्जमा ग्राहकले सुरुका ९७०५ बाहेक अन्तिम छ अंकहरू आफैले सधैं अन विशेष नम्बरका रुपमा चयन गर्न सकिने सुविधा एनसेलले प्रदान गर्दै आएको छ । यसले ग्राहकहरूलाई आफू वा आफ्ना प्रियजनहरूको लागि आफ्नो रोजाइको नम्बरहरू प्राप्त गर्ने अनौठो अवसर प्रदान गर्दछ । एनसेल यो नयाँ नम्बर रेन्ज मार्फत ग्राहकहरुलाई थप र विस्तारित सेवा र सुविधाहरु प्रदान गर्न प्रतिबद्ध छ ।

 

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...