CG Electronics
IME Life
Ncell NPL

महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर (त्तच्) कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

उल्लेखित कर्जाहरुमा आवेदन तल दिइएको क्युआर (त्तच्) मार्फत समेत गर्न सकिनेछ । समाचार सम्प्रेषण गर्दा तल दिइएको क्युआर (त्तच्) कोड प्रयोग गरिदिनुहुन अनुरोध छ ।

 

 

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’...

वि.सं.२०८३ वैशाख २६ शनिवार १४:१४

  काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका...

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १ लाखसम्म कमाइको दाबी

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १...

वि.सं.२०८३ वैशाख २६ शनिवार १३:५८

काठमाडौं । बग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा...

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...