CG Electronics
IME Life
NIMB

नाडा अटो शोमा एमएडब्ल्यू वृद्धिले नयाँ मोडल पनि सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले नाडा अटो शोमा नयाँ मोडेलको ईभी सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले नाडा अटो शोमा प्रिमियम इलेक्ट्रिक एसयूभी दिपल एस०७ सँगै नयाँ मोडेलको ईभी पनि सार्वजनिक गर्ने तयारी गरेको हो ।

यद्यपि, शोमा सार्वजनिक गरिने नयाँ ईभीको नामबारे भने कम्पनीले केही खुलाएको छैन । त्यस्तै, फिचर मूल्य र यसका फिचरसमेत शोमा नै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । ‘यसले ड्राइभिङ एउटा आवश्यकता मात्र होइन पूर्ण रूपको अनुभव पनि हो भन्ने कुरालाई बुझाउँछ,’ कम्पनी स्राेत भन्छ, ‘अत्याधुनिक प्रविधि र नवीनतम सुविधाले भरिएको यो नयाँ ईभीले भविष्यको भावनालाई झल्काउछ ।’

यो मोडल नाडा अटो शोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीले जनाएको छ । त्यस्तै, नाडामा दिइने अफरबारे पनि शोमा मात्रै थाहा हुने कम्पनीकाे भनाइ छ ।

कम्पनीले दिपल एल०७ प्रिमियम ईभी सेडान पनि अटो शोमा राख्ने जनाएको छ । नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चाँगन नेपालले सेडान दिपल एल०७ साउन ३१ गते सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ लाई फ्युचरिस्टिक डिजाइन र इनोभेटिभ फिचरका कारण नेपाली ग्राहकले मन पराएको कम्पनीले जनाएको छ । अब एल०७ ले एस०७लाई स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई अघि फैलाउने विश्वास चाँगानको औपचारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले लिएको छ ।

डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ जस्तै मास्टरपिस मान्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई यो मोडलमा अझ अब्बल बनाएको छ । पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ ।

दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापेबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइम रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ । यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउनेछ ।

यस्तै, क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्‍याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपलमा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । यस्ता थुप्रै फिचरहरू दिपलमा दिएको कम्पनीले जनाएकाे छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...