Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नाडा अटो शोमा एमएडब्ल्यू वृद्धिले नयाँ मोडल पनि सार्वजनिक

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले नाडा अटो शोमा नयाँ मोडेलको ईभी सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले नाडा अटो शोमा प्रिमियम इलेक्ट्रिक एसयूभी दिपल एस०७ सँगै नयाँ मोडेलको ईभी पनि सार्वजनिक गर्ने तयारी गरेको हो ।

यद्यपि, शोमा सार्वजनिक गरिने नयाँ ईभीको नामबारे भने कम्पनीले केही खुलाएको छैन । त्यस्तै, फिचर मूल्य र यसका फिचरसमेत शोमा नै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । ‘यसले ड्राइभिङ एउटा आवश्यकता मात्र होइन पूर्ण रूपको अनुभव पनि हो भन्ने कुरालाई बुझाउँछ,’ कम्पनी स्राेत भन्छ, ‘अत्याधुनिक प्रविधि र नवीनतम सुविधाले भरिएको यो नयाँ ईभीले भविष्यको भावनालाई झल्काउछ ।’

यो मोडल नाडा अटो शोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीले जनाएको छ । त्यस्तै, नाडामा दिइने अफरबारे पनि शोमा मात्रै थाहा हुने कम्पनीकाे भनाइ छ ।

कम्पनीले दिपल एल०७ प्रिमियम ईभी सेडान पनि अटो शोमा राख्ने जनाएको छ । नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चाँगन नेपालले सेडान दिपल एल०७ साउन ३१ गते सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ लाई फ्युचरिस्टिक डिजाइन र इनोभेटिभ फिचरका कारण नेपाली ग्राहकले मन पराएको कम्पनीले जनाएको छ । अब एल०७ ले एस०७लाई स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई अघि फैलाउने विश्वास चाँगानको औपचारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले लिएको छ ।

डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ जस्तै मास्टरपिस मान्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई यो मोडलमा अझ अब्बल बनाएको छ । पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ ।

दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापेबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइम रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ । यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउनेछ ।

यस्तै, क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्‍याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपलमा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । यस्ता थुप्रै फिचरहरू दिपलमा दिएको कम्पनीले जनाएकाे छ ।

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा दिगो प्रतिबद्धता बलियो बनाउदै

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:१८

  काठमाडौं ।  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले...

नाडा र भन्सार विभागबीच बजेट सम्बन्धी छलफल

नाडा र भन्सार विभागबीच बजेट सम्बन्धी छलफल

वि.सं.२०८१ चैत ६ बुधवार २३:५९

  काठमाडौं। नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) को एक प्रतिनिधि...

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा एड्भान्स्ड ब्याट्री रिसाइक्लिङका साथ दिगो प्रतिबद्धता बलियो बनाउदै बीवाईडी

ग्लोबल रिसाइक्लिङ डेको अवसरमा एड्भान्स्ड ब्याट्री रिसाइक्लिङका...

वि.सं.२०८१ चैत ५ मंगलवार ०९:१५

  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री...

जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक

जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक...

वि.सं.२०८१ चैत ४ सोमवार ०७:५०

  काठमाडौं। स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने उद्देश्यले जगदम्बा...

पन्चकन्या ग्रुपद्वारा भोल्भो ईसी २२० एक्स्काभेटर नेपाली बजारमा लन्च

पन्चकन्या ग्रुपद्वारा भोल्भो ईसी २२० एक्स्काभेटर नेपाली...

वि.सं.२०८१ चैत ३ आइतवार २०:३३

काठमाडौं । नेपाली बजारमा एउटा पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो...

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता...

वि.सं.२०८१ चैत २ शनिवार २१:४२

काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा...