Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने कम्पनी ओएलएस अब पञ्चकन्या मार्केटिङले बिक्री गर्ने सम्बन्धी

kumari  bank

 

काठमाडौं । वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा ओएलएसका बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमार र अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले सो सिस्टमका टुल्स र इक्विपमेन्ट सार्वजनिक गरे । सो अवसरमा बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमारले ४१ वर्ष पुरानो प्रतिष्ठित विश्व स्तरीय कम्पनीका उत्पादन नेपालमा उपलब्ध गराएको र यसलाई पञ्चकन्या मार्केटिङ मार्फत प्रयोग गर्नका लागि सबैलाई आग्रह गरे । भारतका टप कम्पनीहरुमा पर्ने र धेरै अटोमोबाइल निर्माता कम्पनीहरुले ओर्ईएमको रुपमा र आफ्ट मार्केटका रुपमा समेत प्रयोग गर्ने यी टुल्स र इक्विपमेन्ट नेपालमा समेत सबैले रुचाउने अपेक्षा गरे ।

अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले वर्कशपका लागि विभिन्न टुल्स र इक्विपमेन्टको आवश्यकता हुने तथा त्यस्ता टुल्स र इक्विपमेन्ट गुणस्तरीय भएमा मात्रै सवारी साधन राम्रो कन्डिसनमा हुने भएकाले त्यसतर्फ ध्यान दिनु पर्ने बताए । पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले अटोमोबाइल क्षेत्रमा लामो समय देखि लागेको र नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धताको रुपमा ओएलएसका टुल्स र इक्विपमेन्ट भित्र्याएको बताए । उनले गुणस्तरीय भएकै कारण यी टुल्स र इक्विपमेन्ट सबैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

ओएलएसले फोर ह्विलर र कमर्सियल भेइकल तथा टु ह्विलरको वर्कशपका लागि आवश्इक टु पोस्ट, फोर पोस्ट, ट्रली, वर्क स्टेसन, पेन्ट बुथ लगायत यससँग सम्बन्धित सबै स्पेयर पार्ट्स उपलब्ध गराउछ । ओएलएस सिस्टम प्रालि एक भारतीय ब्रान्ड हो । ओएलएसले ओईएम अर्थात ओरिजिनल म्यानुफ्याक्चररको रुपमा कम्पनीको मापदण्ड अनुसार विभन्नि उपकरण निर्माण गर्छ भने आफ्टर मार्केटको रुपमा त्यसै अनुसार ब्रान्डिङ गरेर उपलब्ध गराउने गर्छ । ओएलएस किया, हुन्डाई, टाटा, सुजुकी, टीभीएस, रोयल इन्फिल्ड जस्ता भारतका अटोमोबाइलसँग सम्बन्धित ७२ कम्पनीद्वारा स्वीकृत प्रदान गरिएको उत्पादक कम्पनी हो ।

कम्पनीले भारत वाहेक मिडिल इस्ट, अफ्रिकाका साथै एसियामा नेपाल वाहेक बंगलादेश, श्रीलंका, भुटान लगायतका विभिन्न देशमा यी इक्विपमेन्ट उपलब्ध गराएको छ । पछिल्लो समयमा चर्चामा रहेका इलेक्ट्रिक भेइकलको मर्मत सम्भारका लागि आवश्यक टुल्स र इक्विपमेन्ट समेत ओएलएसले उत्पादन गर्छ ।

आयल ल्युब सिस्टम ४१ वर्ष पुरानो कम्पनी हो । विश्व स्तरीय गुणस्तरीय उत्पादनका लागि ओएलएस लोकप्रिय छ । यो आईएसओ ९००१ ः २०१५ र सीई सर्टिफाइड कम्पनी हो । भारतको फरिदावाद, पुणे र बैंगलोरमा यसको कारखाना छ ।

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक चर्चा, पायो १ लाख अर्डर

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२३

  काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो...

रिड्डारा RD6 EV पिकअप द्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

रिड्डारा RD6 EV पिकअप द्वारा नेपालमा एक्सचेन्ज...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:४६

  काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “EVolve...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुला, श्रावण २१ देखि भृकुटीमण्डपमा आयोजना

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ...

वि.सं.२०८२ वैशाख २४ बुधवार १५:५८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा,...

वि.सं.२०८२ वैशाख २४ बुधवार १३:२६

  काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो काइयी अटो ग्लोबल सम्मेलन २०२५ मा ‘मोस्ट प्रोमिशिंग पार्टनर’ पुरस्कार

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो काइयी...

वि.सं.२०८२ वैशाख १८ बिहीवार १२:३८

    काठमाडौँ, बैशाख १७ गते । नेपालका लागि काइयी...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, भृकुटीमण्डपमा एक्सचेन्ज अफर र अन द स्पट फाइनान्स सुविधा

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना,...

वि.सं.२०८२ वैशाख १६ मंगलवार १९:२१

  काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड...