Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जामा छुट योजना

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ।

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ।

सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५% प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्नसक्ने बैंकले जनाएको छ।

त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १% प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ। यी अफर भाद्र ३१ सम्म लागू हुनेछन्।

हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता...

वि.सं.२०८१ माघ ४ शुक्रवार ०८:०४

  काठमाडौँ। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको...

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...