CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआइसी एशिया स्काई क्लब कार्ड सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआइसी एशिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिसा को–ब्राण्डेड कार्ड का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ भने यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको छ ।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकहरुले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो कार्ड लिनका लागि ग्राहकहरुले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् । यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकहरुलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्न अवसर मिल्ने छ भन्ने बैंकले विश्वास लिएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...