CG Electronics
IME Life
NIMB

अटोलगायत सबै क्षेत्रका लागि मौद्रिक नीति लचिलो बनेको छ : डेपुटी गभर्नर मिश्र

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले यस बर्षको मौद्रिक नीतिको कार्यदिशा केही सहज र लचिलो रहेको बताएका छन् ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा  कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले नियमक विषय र मौद्रिक नीति केही हेरफेर गरेर मौद्रिक नीतिलाई लचिलो बनाउने कोशिस गरेको बताए ।

उनले राष्ट्र बैंकको यस्तो नीतिले बजारलाई केही हदसम्म चलाउन सकिन्छ भन्ने नमूना देखा परेको धारणा राखे ।उनले भने,‘यो बर्षको मौद्रिक नीतिको कार्यदिशा केही सहज र लचिलो बनायौं ।

एकातिर नियमक विषय अर्कोतिर मौद्रिक नीति कै पनि नीतिमा केही हेरफेर गरेर मौद्रिक नीतिलाई लचिलो दिने कोशिस गरेका हौं ।

केही नियाकम विषयमा हामीले गरेको कामबाट अहिले बजारमा केही चहलपहल देख्न सकिन्छ । यसबाट राष्ट्रबैंकको नीतिले बजारलाई केही हदसम्म चलाउन सकिन्छ भन्ने एउटा नमूना देखा पर्न गएको छ ।’


उनले नेपालमा उत्पादन भएका इभीलाई प्रोत्साहन गर्न सकेमा विदेशिने युवाहरुलाई केहीहदसम्म देशमा राक्न सकिने बताए ।


निर्माण व्यवसायीहरुको कालो सूची चेकबाट मात्रै कालोसूचिमा कर जाने व्यवस्थालाई केही नयाँ व्यवस्थापन र सम्बोधन गर्न लागेको उनले जानकारी दिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले सार्वजनिक यातायातका क्षेत्रमा भरपर्दो सुविधा दिन नसकिरहेको परिप्रेक्ष्यमा नाडाले गरिरहेको कामको बारेमा प्रशंसा गरे । उनले अटोमोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्रका रुपमा मात्र बुझ्दा समस्या आएको भएपनि नेपालका बैंकहरु भेकल क्षेत्रसँग साझेदारी गर्न इच्छुक रहेको बताए ।

नाडाका अध्यक्ष करण चौधरीले अटो उद्योगमध्ये ८० प्रतिशतले बैंकसँग काम गर्दै करिब ५९ प्रतिशत कर राज्यलाई बुझाइरहेको बताए । अटो मोबाइल क्षेत्र बृहत रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले यो क्षेत्र नेपालको गौरव रहेको बताए ।

 

 

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...